Wednesday, 20th June, 2018
siddhi-binayak-madhyastha-1502267497.gif

सम्पादकीय

स्थानीय तह र शैक्षिक विकासको सवाल

स्थानीय तहमा जनप्रतिनिी आएपछि विभिन्न क्षेत्रमा अब कस्तो पद्घती विकास होला भन्ने बहस भइरहेको छ । अब स्थानीय तहमा शिक्षाको विकासका लागि पनि के कसरी काम गर्न सकिन्छ भन्नेमा विभिन्न बहस भइरहेको छ । स्थानीय तहबाट शैक्षिक सेवा प्रवाह गर्न, शैक्षिक गुणस्तर विकास गर्नका लागि नयाँ जन प्रतिनिधीले योजना अघि सारेका पनि छन् । तर उनीहरुले अघि सारे बमोजिम योजना कार्यान्वयन गरिहाल्न भने त्यति सहज छैन । संविधानले नै स्थानीय तहलाई धेरै अधिकार र जिम्मेवारी दिनु, विगतमा स्थानीय तहको नेतृत्व, विज्ञता, दक्षता र क्षमता विकास हुन नपाउनु, हालसम्म सबै अधिकार केन्द्रबाट सञ्चालन हुनु, स्थानीय रुपमा अधिकार र जिम्मेवारी प्रयोगको अनुभव नहुनु जस्ता कुराहरुले निर्वाचित भएका र निकट भविष्यमा निर्वाचित हुने जनप्रतिनिधिहरुलाई संविधानको भावना अनुसार कार्य गर्न, प्रणाली बसाउन पक्कै पनि सहज छैन । लामो समयपछि आएका जन प्रतिनिधीसंग नागरिकका चाहाना धेरै छ, तर ति चाहाना पूरा गर्नका लागि स्रोत साधन भने साह्रै कम छ ।

स्थानीय तहले शिक्षाका सम्बन्धमा गर्नसक्ने विभिन्न कार्यलाई संविधानले अधिकार प्रदान गरिदिएपनि त्यसलाई कार्यान्वयन गर्ने भन्ने कुरा चुनौतीपूर्ण हुन्छ नै ।  संविधानमा उल्लखे शिक्षा सम्बन्धी व्यवस्थालाई कार्यान्वयन गर्ने क्रममा अनेक चुनौती एवम् समस्याहरु आउँनसक्छन् । स्थानीय तहमा कस्तो शिक्षा प्रशासनको संरचना बनाउँने ? कसरी अघि बढ्ने भन्ने विषयमा संविधानले प्रष्ट नभनेकाले जन प्रतिनिधीलाई पनि यसै गरी अघि बढ्ने भन्ने जवाफ छैन ।  स्थानीय तहमा संविधानले एकिकृत संरचना वा विषयगत बैग्लै कार्यालय के हुने भन्नेमा बोलेको छैन । संविधानले एकिकृत हुन पर्दछ भनी प्रष्ट तोकिएको छैन, न त बेग्लै संरचना नै हुनु पर्दछ भनी मार्ग दर्शन नै गरेको छ । त्यसैले कस्तो संरचना निर्माण गर्ने ? संविधानले स्थानीय तहलाई तोकेका शिक्षा सम्वन्धी कामलाई प्रभावकारी पार्न कसरी सकिन्छ भन्नेमा जन प्रतिनिधी जिम्मेवार भएर लागेनन् भने वास्तवमा स्थानीय तहबाट सबै काम हुन्छ, स्थानीय तह पछि त नागरिक अधिकार सम्पन्न भन्ने जस्ता जुन खालका सपना नागरिकमा बाँडिएका थिए ती सबै केबल सपनामै सिमीत हुनसक्छ ।

अधिकार पाएर मात्र हुदैन, प्राप्त भएको अधिकार कसरी सदुपयोग गर्ने भन्ने पक्ष पनि महत्वपूर्ण हो । मकवानपुरको सवालमा कुरा गर्ने हो भने एक उपमहानगर, एक नगर र आठ वटा गाउँपालिका गरी दश स्थानीय तहमा शिक्षाको विकास नगरी हुन्न । चुनावमा जानुपूर्व बाचा गरेका जन प्रतिनिधीले शैक्षिक विकासका लागि आफ्ना चुनावी एजेण्डामा विभिन्न पक्ष समेटेका छन् । गाउँमा शिक्षाको विकास गर्दै गाउँमै रोजगारीको अवस्था सिर्जना गर्ने जस्तो महत्वपूर्ण तथा महत्कांक्षी योजना कार्यान्वयन गर्नका लागि आगामी दिनमा आफ्नो तर्फबाट भूमिका निर्वाह गर्नुपर्ने क्षणमा अहिले जनप्रतिनिधी छन् । गाउँगाउँमा शिक्षाको अवसर प्रदान गरिनेछ भनेर गरिएका बाचा अब कसरी पूरा गर्न सकिन्छ भन्नेमा ध्यान दिनु अहिले जन प्रतिनिधीको मुख्य कार्यभार हो । कतै प्राविधिक शिक्षालय त कतै अन्य शिपमूलक, अङ्ग्रेजी माध्यममा, कतै नमूना लायक शैक्षिक संस्थाका रुपमा विकास गर्ने भनेर योजनाहरु बनाइँरहँदा ती कसरी कार्यान्वयन गर्न सकिन्छ, तिनले भविष्य कस्तो रहन्छ भन्ने कुरामा गम्भीरता पूर्वक ध्यान दिनु आवश्यक छ ।

 

final-boys-and-girls-host-1499435564.gif
missssssssssssssss-1502692855.jpg
ncell1140-1502212343.gif
himalayanbank-august1-1502361136.gif


himal-dental-clinic-1500888499.gif
churiyamai-fashion-link-1502512433.gif
ClubWSP-1499412212.gif
डाँडाखर्क-गोगनेका जनप्रतिनिधी बाल विवाहमुक्त गाउँ बनाउने योजनामा 
balbiwaha-talim-pic-1529256555.jpg

मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिका डाडाँखर्कका जन प्रतिनिधीे आफ्नो वडालाई बाल विवाहमुक्त वडा बनाउँन...

बाल विवाह अन्त्यका लागि बहस 

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा बाल विवाह अन्त्यका लागि सरोकारवाला छलफलमा जुटेका छन् । विहीबार...

लागुऔषध सहित तीन जना प्रहरीको नियन्त्रणमा 
pakrau-news-1528633074.jpg

मकवानपुर । लागुऔषध र भरुवा बन्दुक सहित तीन जनालाई मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको  छ । प्रहरीले पूर्वि...

प्रतिनिधीसभामा आजबाट मन्त्रालयगत छलफल, यस्तो छ कार्यसूची 
parliyament_CA-madhyastha-1528599392.jpg

काठमाडौँ ।  सरकारले आर्थिक वर्ष २०७५/७६ का लागि प्रस्तुत गरेको बजेटका विषयमा आज आइतबारदेखि प्रतिनिधिसभाको...

बाल विवाहमुक्त प्रदेश बनाउँन सरोकारवालाको प्रतिबद्दता
bal-biwaha-pic-1528521341.jpg

मकवानपुर । प्रदेश ३ सरकारले आगामी २०७८ सालभित्र बाल विवाहमुक्त प्रदेश बनाउन लिएका लक्ष्यलाई सफल बनाउन आवश्यक...

आजका राष्ट्रिय अखबारले जे लेखे !  

मकवानपुर । आज मिति २०७५ जेष्ठ २५ गते शुक्रबारका दिन काठमाडौंबाट प्रकाशित राष्ट्रिय अखबारले विभिन्न विषयका...

प्रदेश ३ को नीति तथा कार्यक्रम पारित 
prades-3-1528389275.jpg

मकवानपुर । प्रदेश ३ को प्रदेशसभाले प्रदेश नम्बर ३ को आर्थिक बर्ष २०७५ ÷७६ को निती तथा कार्यक्रम बहुमतले पारित...

कारागार व्यवस्थापनमा ३ नं. प्रदेश सरकारको ध्यानाकर्षण
34507513_1774679585956029-1528300797.jpg

कैदी तथा बन्दीहरुको अधिकार प्रवद्र्धन परियोजना अन्तर्गत ३ नं. प्रदेशका माननीय ज्यूहरुसंग कैदी तथा बन्दीहरुको...

जमराको जुस पिउँदा के छन् फाइदा ? 
jamara-with-its-juice-1528214959.jpg

जमरा भन्ने बित्तिक्कै हामी दशैं अनि पहेँलो जमरा सम्झिईहाल्छौं । नेपाली हिन्दुहरुको दशैंमा जसरी जमराको प्रयोग...

पत्रकार मणिराज गौतमलाई ‘नेशनल पावर म्यूजिक अवार्ड’ 
maniraj-puraskrit-1528214279.jpg

मकवानपुर । मकवानपुरका रंग पत्रकार मणिराज गौतम पुरस्कृत भएका छन् । पत्रकार गौतमले आज मंगलबार काठमाडौंमा आयोजित...