Saturday, 21st April, 2018
siddhi-binayak-madhyastha-1502267497.gif

समाज

स्वास्थ्य केन्द्रलाई स्वास्थ्य सामग्री

palung-health-1514903346.jpg

मकवानपुर । नेपाल रेडक्रस सोसाईटी मकवानपुर शाखाले पालुङ प्राथमिक स्वास्थ्य केन्द्रलाई स्वास्थ्य जन्य सामग्री सहयोग प्रदान गरेको छ । एक कार्यक्रमको आयोजना गरी स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका अध्यक्ष दिपकसिंह लामालाई रेडक्रसले सामाग्री हस्तान्तरण गरेको हो । 

स्वास्थ्य केन्द्रको लागि आवश्वक सेन्ट्रीफ्युज मेसिन, पेसेन्ट मोनिटर, पेसेन्ट बेड वीथ म्याट्रेस, अल्ट्रा साउण्ड मेसिन र वाटर बाथ गरी करिब ११ लाख बराबरको सामग्री प्रदानगरिएको रेडक्रस मकवानपुरले जनाएको छ । नेपाल रेडक्रस सोसाईटी मकवानपुर शाखाका सभापति सूर्यचन्द्र न्यौपानेले सामाग्री हस्तान्तरण गर्दै सामग्रीको उच्चतम प्रयोग गरी सर्बसाधारण जनतालाई सेवा प्रदान गर्न आग्रह गरे । साथै न्यैपानेले स्वास्थ्य केन्द्रको लागि थप आवश्यक सामाग्री आवश्यक भएको खण्डमा पनि आफूले सकारात्मक कदम चाल्ने बताए । 

थाहा नगरका स्वास्थ्य शाखा प्रमख मेघराज बलामीले रेडक्रसको योगदानको चर्चा गर्दै रेडक्रस मकवानपुरलाई विशेष धन्यवाद व्यक्त गरे । उनले रेडक्रसको समन्वय अगामी दिनमा पनि आवश्यक हुने कुरामा जोड दिए । साथै हाल थाहा नगरपालिकामा गाउँघर क्लिनिकको लागि पनि प्रभावकारी रुपमा सहयोग गर्न अपिल गरे । 

कार्यक्रमकै अवसरमा पालुङ प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा.रिनेश अधिकारीले रेडक्रसको सहयोगको उच्च मूूल्याङ्कन गर्दै जनतालाई प्रभावकारी ढङ्गबाट सेवा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरे । साथै उनले स्वास्थ्य केन्द्रबाट अझै प्रभावकारीताका साथ सेवा प्रदान गर्नको लागि केन्द्रमा डेलिभरी बेड, संस्थाबाट निस्केका फोहोरलाई सही व्यवस्थापनको लागि आवश्यक मेसिन, सुत्केरीको अवस्थामा आमादेखि बच्चालाई न्यानो बनाउनको लागि रुम हिटर भइदिए सहज हुने कुरा बताए । त्यसको लागि पहल गरिदिनको लागि रेडक्रस मकवानपुरलाई आग्रहसमेत गरे । 
कार्यक्रम स्वास्थ्य केन्द्र व्यवसथापन समितिका अध्यक्ष तथा थाहा नगरपालिका वडा नं. ४ का अध्यक्ष दिपक सिंह लामाको अध्यक्षतामा भएको थियो । अध्यक्ष लामाले रेडक्रसको सहयोगप्रति विशेष आभार प्रकट  गरे । 

final-boys-and-girls-host-1499435564.gif
missssssssssssssss-1502692855.jpg
ncell1140-1502212343.gif
himalayanbank-august1-1502361136.gif


himal-dental-clinic-1500888499.gif
churiyamai-fashion-link-1502512433.gif
ClubWSP-1499412212.gif
काङ्ग्रेस अनुशासनहीन बन्दैछ  : सभापति देउवा 
Sher-Bahadur-Deuba-1-1523889079.jpg

मकवानपुर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टी अनुशासन हीन बन्दै गएको स्वीकार गरेका छन् ।...

पार्टी एकताका विषयमा ओली र प्रचण्डबिच आज भेट
party-1523849813.jpg

मकवानपुर । एमाले र माओवादी केन्द्रका बिच यही बैशाख ८ गते पार्टी एकता गर्ने भनिएपनि पछिल्लो समय दुवै दलका...

आज मातातीर्थ औंसी,आमा विशेष दिन । 
mothers-day-1523844310.jpg

मकवानपुर । आज मातातीर्थ औंसी अर्थात् आमाको मुख हेर्ने दिन । आज आफ्ना सन्तानले आमाप्रति अगाध आस्था अर्पण गर्दै...

अब एमाले-माओवादी केन्द्रबिच पार्टी एकता रोकिएकै हो ?
images-1523769526.jpg

मकवानपुर । पछिल्लो समय एमाले र माओवादी केन्द्रबिच पार्टी एकता होला वा नहोला भन्नेमा आम मानिसमा शङ्का...

जसलाई आफ्नै प्रेमीले कोठीमा पुर्याए
kothi-1523406260.jpg

नेपालगञ्‍ज। नुवाकोटकी १७ वर्षकी अनिता (नाम परिवर्तन) भारतमा गएर काम गर्ने र सुखसँग जीवत बिताउने सपना बोकेर...

वृद्दाश्रमलाई गणकहरुद्धारा सहयोग
1-pic-1523114120.jpg

मकवानपुर । प्रथम राष्ट्रिय आर्थिक गणना २०७५ को अभियानमा मकवानपुरमा खटिने तयारीमा रहेको गणकहरुले आज हेटौंडा १...

५० दिने तालिमप्राप्त डकर्मी दक्षताको सर्टिफिकेट लिन परीक्षामा सहभागी
news-pic-1522887999.jpg

मकवानपुर। मकवानपुरको बकैया गाउँपालिकाका तालिमप्राप्त डकर्मी प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद,...

राजविराजमा भारतीय राष्ट्रिय गान बजाउँन यसरी रोकियो
news-1522541746.jpg

मकवानपुर । राजविराजमा आयोजित एक कार्यक्रममा भारतीय राष्ट्रिय गान बजाउने तयारी थियो । कायस्थ जातिको जातीय समिति...

अशक्त दम्पतिलाई नयाँ पाइलाको सहयोग
news-pic-1522417138.jpg

मकवानपुर । मकवानपुरगढी गाउँपालिका १, आँपटारका शारिरिक रुपमा अशक्त दम्पतिलाई आवश्यक खाद्यान्न सहयोग गरिएको छ ।...

राष्ट्रपति भण्डारीद्वारा सम्बोधन 
rastrapati-1522334044.jpg

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले  संघीय ससंदका दुबै सदनको संयुक्त बैठकलाई बिहिबार सम्बोधन ...