सम्पर्क: ९८५५०१२००० ईमेल: [email protected]
hetauda-city-college-1502267218.gif

समाज

हाँडीखोलाका बाढीपहिरो प्रभावितले पाए राहत

rahat-1-1504317893.jpg

मकवानपुर/गत साउनको अन्तिम हप्ता परेको भिषण वर्षासँगै आएको बाढीपहिरोबाट पीडित स्थानीयलाई वैदेशिक रोजगारीमा रहेका युवाले राहत सङ्कलन गरी वितरण गरेका छन् । मनहरी गाउँपालिकास्थित हाँडीखोलाका बाढी तथा पहिरोपीडितलाई  विदेशमा संकलित रकमबाट राहत सामाग्री वितरण गरिएको हो।

जापान र कोरियामा रहेका युवाले संकलन गरेको दुई लाख एक हजार पाँच सय रुपियाँले दाल, चामल, तेल, बिच्छ्यौनालगायत खरिद गरी वितरण गरिएको हो । वैदेशिक रोजगारीमा गएका युवाको सक्रियतामा संकलित रकमबाट मनहरी गाउँपालिकाको २ नम्बर वडाका ८० परिवार, ३ नम्बर वडाका ५ परिवार र ४ नम्बर वडाका ४९ परिवार गरी कुल एक सय ३३ परिवारलाई राहत सामाग्री वितरण गरिएको हो । राहत वितरणको लागि मकवानपुर जापान समाजका अध्यक्ष बच्चुराम अर्याल स्वयम् नेपाल आएका छन् । सम्बन्धित वडाका अध्यक्षको समन्वयमा मकवानपुर जापान समाजका अध्यक्ष अर्याल, हाँडीखोला प्रवासी समूहका अभियन्ता सञ्जीव पाठकलगायतले पीडित परिवारलाई राहत सामाग्री हस्तान्तरण गरेका हुन् । हाँडीखोला प्रवासी समूहको आयोजनामा भएको राहत सामाग्री हस्तान्तरण कार्यक्रममा मनहरी गाउँपालिका-२ का अध्यक्ष आनन्द घलान, ३ नम्बर वडा अध्यक्ष मानबहादुर स्याङ्तान, ४ नम्बर वडा अध्यक्ष ध्रुव खड्कालगायतको उपस्थिति रहेको थियो ।

हाँडीखोला घर भई जापान र कोरियामा रहेका युवाको विशेष पहलमा आर्थिक संकलन अभियान सञ्चालन गरिएको थियो । मकवानपुर जापान समाज र कोरिया हेल्पिङ ह्यान्ड ग्रुपले वैदेशिक रोजगारीका क्रममा जापान, कोरियालगायतको मुलुकमा रहेका युवाहरुसँग राहत संकलन गरेको थियो । आर्थिक सहयोग संकलनको लागि जापानबाट बच्चुराम अर्याल, अजय वर्तौला, श्रीराम रिजाल, राजु थोकर, सुरेश लामा, धिरज पौडेल लागिपरेका थिए भने कोरियामा उमेश गौतम, समिरराज घिमिरेलगायत सक्रिय भएका थिए। हाँडीखोला प्रवासी समूहले विगतदेखि नै आफ्नो गाउँको विकासमा सक्रिय रहेको छ । यसअघि प्रवासी समूहले हाँडीखोला स्वास्थ्यचौकीको लागि एम्बुलेन्स तथा भिडियो एक्सरे मेसिनसमेत खरिद गरी हस्तान्तरण गरिसकेको छ ।

siddhi-binayak-madhyastha-1502267497.gif
final-boys-and-girls-host-1499435564.gif
missssssssssssssss-1502692855.jpg
ncell1140-1502212343.gif
himalayanbank-august1-1502361136.gif


himal-dental-clinic-1500888499.gif
churiyamai-fashion-link-1502512433.gif
ClubWSP-1499412212.gif
फापरबारीमा परियोजनाको समीक्षा 
cpc-phaparbari-1513525211.jpg

मकवानपुर । मकवानपुरको बागमती गाउँपालिकास्थित फापरबारीमा आज युनिसेफ नेपालको सहयोगमा बालकल्याण समाज...

फरक भूमिकामा अनमोल
kri-poster-1-1513392732.jpg

मकवानपुर । युवापुस्ताका चर्चित अभिनेता अनमोल केसीको मुख्य भूमिका रहेको नेपाली कथानक चलचित्र ‘कृ’ को ट्रेलर...

मकवानपुरले पायो यी सांसद

मकवानपुर । मकवानपुरमा प्रदेशसभा क्षेत्र नम्बर २ का ख बाहेक अरुमा वामगठबन्धले जितेको छ । विगतमा लालकिल्ला रहेको...

कृष्ण दाहालको ह्याट्रिक, किन हारे कमल थापा ?
krishna-dahal-1512874544.jpg

मकवानपुर । राप्रपा अध्यक्ष वर्तमान सरकारका उप प्रधान तथा उर्जामन्त्री कमल थापा मकवानपुरको क्षेत्र नम्बर १...

भुलभुलेको सहयोग मामाघरलाई
24796792_811625092377726_-1512794416.jpg

मकवानपुर । विगत लामो समय देखी सडक बालबालिकाको क्षेत्रमा कृयाशिल मामाघर नेपाल मकवानपुरमा भुलेभुले टोल विकास...

गगन थापाले भने, ‘काङ्ग्रेसलाई ठूलो दुर्घटना’
gagan-thapa-1512789845.jpg

मकवानपुर । काठमाडौं क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभामा विजयी भएका काङ्ग्रेस उम्मेदवार गगनकुमार थापाले अब...

रविन्द्र मिश्रको यो महानता !
Rabindra-Mishra-1512785611.jpg

काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि काठमाडौं १ मा विवेकशील साझाका उम्मेदवार रविन्द्र मिश्रले मतदाताहरुलाई...

यस्तो छ मकवानपुरको ताजा मत परिणाम
election-1-1512783868.jpg

मकवानपुरमा हिजो दिउशोबाट सुरु भएको मतगणनाको मत परिणाम आइरहेको छ । आज शनिबार विहानको ताजा परिणाम यस्तो छ : कृष्ण...

यस्तो छ अहिलेसम्मको परिणाम, कसको कहाँ जित ?
chunav-1512782388.png

दोस्रो चरणको चुनाव सकिएपछि मुलुकमा धमाधम मतपरिणाम सार्वजनिक भइरहेका छन् । अहिले विहान देशका विभिन्न ठाउँबाट...

चितवनमा प्रचण्ड पछि परे, विक्रम अघि लागे
Prachand-and-Bikram-Pande-1512734486.jpg

चितवन ।  अनलाइनखबर डटकमका अनुसार चितवन निर्वाचन क्षेत्र नम्बर ३ को मतगणनामा माओवादी केन्द्रका अध्यक्ष तथा...