Tuesday, 13th November, 2018
siddhi-binayak-madhyastha-1502267497.gif

समाचार

हेटौंडाबाट राजधानी सार्न यसरी बुनिदैछ योजना 

pradesh-num-3-1540696038.jpg

मकवानपुर । मकवानपुरको हेटौंडा प्रदेश ३ को स्थायी राजधानी नबन्ने आशङका छाएको छ । प्रदेशका मुख्यमन्त्री, प्रतिपक्षी दलका नेता तथा सांसदले विभिन्न ठाउँमा राजधानी कायम गर्न गारो हुने भन्ने खालको अभिव्यक्ती दिन थालेपछि प्रदेश सरकारका सांसदहरु भित्रभित्रै हेटौंडाबाट राजधानी सार्ने विषयमा लागिपरेको बुझ्न सकिन्छ । 
विभिन्न समारोहमा बोल्ने क्रममा मुख्यमन्त्रीबाट हेटौंडालाई प्रदेशको स्थायी राजधानी बनाउँनका लागि सबै पक्षले आवाज उठाउनुपर्ने कुरा आउनु, प्रतिपक्षी दलका नेताले प्रदेश राजधानी सार्न खोखिएकाले यदि त्यसो गरिए काठमाडौंलाई नाकाबन्दी लगाउछौं भन्ने चेतावनी आउँनु तथा राजधानी सार्नका लागि हेटौंडा बाहेक अन्यत्रका बहुसङ्ख्यक सांसद एक पक्ष रहेका भन्ने जानकारी प्रदेश सांसदबाटै आउनु जस्ता कारणले राजधानी सार्नका लागि योजना बुनिदैछ भन्ने बुझिन्छ । 
वाम गठनबन्धको बहुमत रहेको प्रदेश ३ सांसदमा बामहरु एक पक्ष हुने बित्तिक्कै प्रदेश राजधानी कहाँ लैजाने भन्ने निर्णय हुन्छ । प्रदेश राजधानीका लागि उपयुक्त ठाउँ भनेर मकवानपुर सहित काभ्रे, चितवन, भक्तपुर र नुवाकोट अहिले चर्चामा छ । प्रदेश ३ को राजधानी तोक्ने विषयमा राजधानी सिफारिस गर्न गठित विशेष समितिले असोजमा प्रदेश सभा बैठकमा यी जिल्ला नाम राखेर आफ्नो प्रतिवेदन पेस गरेको थियो । यी ठाउँमध्ये कुनै एक जिल्लालाई प्रदेश ३ को राजधानी कायम गरेर अघि बढ्नुपर्ने प्रदेश ३ का सांसदको अबको कार्य हो । यसैले पनि दशैं सकिएपछि प्रदेश राजधानीका विषयले चर्चा पाइरहेको छ । मकवानपुर सहित १३ जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसदको दुई तिहाइ बहुमतको निर्णयले राजधानी कहाँ राख्ने भन्ने निर्णय गर्न सकिन्छ । प्रदेशसभामा प्रस्तावित पाँच जिल्लामध्ये कुनै एकलाई राजधानी बनाउँनुपर्ने जिम्मेवारीमा प्रदेश सभाका सांसद छन् । 
काठमाडौं बाहिर राजधानी कायम गर्नेमा सहमती भएपनि वाम गठनबन्धका सांसद मकवानपुरको हेटौंडाबाट राजधानी सार्ने ध्याउन्नमा लागिपरेको मकवानपुरबाट प्रतिनिधित्व गर्ने नेकपा सांसदको गुनासो छ । राजधानी सार्ने विषयमा हेटौंडा निवासी मुख्यमन्त्री डोरमणि पौडेललाई यतिबखेर नेकपाभित्रैबाट चर्को दबाब छ । मुख्यमन्त्री भएकाले हेटौंडालाई नै स्थायी राजधानी कायम गराउँनका लागि लबिङ गर्न पनि नहुने, राजधानी चाहेका मकवानपुरे जनताका पक्षमा नबोलौं मुख्यमन्त्री पदसंग राजधानी साटिएको आरोप उनीमाथि छ । यसैले उनी पनि कहिलेकाही सार्वजनिक कार्यक्रममा उनको अभिव्यक्ति सुन्दा राजधानी सार्न चलखेल हुन थालेकाले आफूलाई अप्ठ्यारो परिरहेको भान हुन्छ । 
महिना अघि नेपाल पत्रकार महासंघ मकवानपुरको वार्षिक साधरणसभामा मुख्यमन्त्री पौडेलले हेटौंडालाई प्रदेश राजधानी कायम गर्नका लागि पत्रकार पनि लाग्नुपर्ने बताएका थिए । मिडियाले पनि बोलेमा आफूहरुलाई राजधानीका विषयमा निर्णय गर्न थप सजिलो हुने उनको भनाई थियो । पत्रकारसंग सहयोग माग्नुले उनी अहिले राजधानीको विषयले निकै तनावमा रहेको बुझ्न सकिन्छ । 
यस्तै, प्रदेश ३ सरकारका प्रमुख प्रतिपक्ष दलका नेता इन्द्रबहादुर बानिया मकवानपुरमा हुने सबै खालका कार्यक्रममा प्रदेश राजधानी हेटौंडालाई नै कायम नगरे आन्दोलनमा उत्रिने चेतावनी दिइरहेका छन् । उनले राजधानी अन्यत्र सारिए काठमाडौंलाई नाकाबन्दी लगाएर अप्ठ्यारो पार्ने चेतावनी दिइरहेका हुन् । प्रदेश सभाको पहिलो बैठकदेखि नै उनले राजधानी हेटौंडा उपयुक्त भएकाले हेटौंडा अन्यन्त्र सार्न नहुने बताउँदै आएका छन् ।  
मकवानपुरबाट प्रतिनिधित्व गर्ने सांसद कुमारी मोक्तान पनि राजधानी सार्ने विषयमा नेकपाभित्र चलखेल भइरहेको बताउँदै खबरदारी आवश्यक परेको बताउँछिन् । प्रमुख प्रतिपक्षी नेता बानियाले भने झैं उनी पनि राजधानी सार्न खोजिएकाले आन्दोलनमा लाग्नुपर्ने तर्क गर्छिन् । दशैंमा शुभकामना आदान प्रदानका लागि आयोजना गरिएका विभिन्न चियापान कार्यक्रममा सहभागी मकवानपुरका नेता,सांसदहरुको राजधानीकै विषयमा चिन्ता थियो । 
नेकपाको दुई तिहाईको सरकार र प्रदेशको मुख्यमन्त्री समेत मकवानपुरको रहेको हेटौँडाको लागि राजधनीको विषय अहिले निकै प्रतिष्ठाको विषय छ । राजधानीको टुङ्गो लगाउने अधिकार प्रदेशसभाको भएकाले सभाका सांसद तान्नका लागि अन्यत्रबाट चलखेल भइरहँदा मकवानपुरे नेतृत्वको भूमिका कमजोर बनिरहेको पाइएको छ । मकवानपुरका नेता, सांसदको हारगुहार सुनिनुले हेटौंडाबाट राजधानी सार्नका लागि अनेक चलखेल भइरहेको बुझिएको हो । 
मकवानपुरबाट मकवानपुरबाट संघीय तथा राष्ट्रियसभामा प्रतिनिधित्व गरेका सांसद कृष्णप्रसाद दाहाल, विरोध खतिवडा, रामचन्द्र राई, रामनारायण विडारीले प्रदेश राजधानी हेटौंडालाई कायम गर्नुपर्ने विभिन्न सार्वजनिक समारोहमा अभिव्यक्ति दिएपनि यसैगरी लागिपरौं भनेर भन्न सकिरहेका छैनन् । नेकपाबाट दबाब हुने कारण राजधानीका विषयमा उनीहरुले पनि उचित पहलकदमी लिन नसकिरहेको बुझिन्छ । राजधानीको निर्णय प्रदेश ३ प्रदेश सांसदको अधिकार हो भन्नु बाहेक उनीहरुसंग पनि यतिबेला उपाय छैन । प्रदेश ३ मा काठमाण्डौ, ललितपुर, भक्तपुर, रामेछाप, काभ्रे, नुवाकोट, सिन्धुपाल्चोक, रसुवा, धादिङ, चितवन, मकवानपुर, सिन्धुली र दोलखा गरी १३ जिल्ला छन् । 
हेटौंडा नै उपयुक्त किन ? 
अस्थायी रहेको प्रदेश ३ को राजधानी हेटौंडालाई नै स्थायी किन कायम गर्नुपर्ने भन्नेमा विभिन्न बहस भइरहेका छन् । राजनीतिक नेतृत्वका अलावा हेटौंडालाई स्थायी राजधानी कायम गर्नुपर्नेमा मकवानपुरमा स्वतन्त्र अभियानले बहस सञ्चालन गरिरहेको छ । जनसरोकार केन्द्र हरेक हिसाबले मकवानपुरको हेटौंडा प्रदेश ३ को स्थायी राजधानीका लागि उपयुक्त हो भन्ने अभियानमा लागिपरेको हो । केन्द्रका संयोजक ध्रुवप्रसाद चौलागाई सबै सेवा सुविधाका हिसावमा प्रदेश राजधानी हेटौंडा उपयुक्त भएकाले हेटौंडाबाट राजधानी अन्यत्र सार्न नहुने तर्क गर्छन् । भन्छन्,‘हेटौंडा भौगोलिक, संरचना तथा अन्य विभिन्न विकासका कारण पनि उपयुक्त भएकाले हेटौंडाबाट अन्यत्र राजधानी कायम गराइनु राम्रो होइन ।’   
हेटौंडा नै राजधानीका लागि उपयुक्त हुने उनीसंग आधारहरु पनि छन् । २० माईक्रो मिलीग्राम भन्दा बढी प्रदुषित सहरमा स्वास फेर्न गार्हो पर्ने अन्तराष्ट्रिय मापदण्ड भएको अवस्थामा काठमाडौमा अहिले १४२ माईक्रो मिलीग्राम प्रदुषित हावा चल्छ । यस्तो प्रदुषणको अवस्थामा प्रदेशको राजधानी पनि त्यहीँ राख्दा झनै जनघनत्व बढ्ने र कोलाहाल हुने चौलागाईंको दाबी छ । 
मकवानपुरमा आवश्यक सार्वजनिक जग्गाहरु भएकोले भविष्यमा सबै खाले भौतिक निर्माणका लागि हुनै समस्या नहुने उनी बताउँछन् । छिमेकी देश भारतबाट सिमा क्षेत्रहरुमा हुने गरेको गलत क्रियाकलापका विरुद्धमा निगरानी गर्न र केन्द्रको राजधानीको सुरक्षाको लागि, केन्द्रको राजधानीलाई सुरक्षित बनाउन, हेटौंडाबाट सबै प्रदेशहरुलाई समन्वय गर्न र चाँडो भन्दा चाँडो सबैखाले पहुँचहरु पु¥याउन, देशको ९० प्रतिशत आयात हुने प्रमुख नाका वीरगञ्ज हेटौंडाबाट नजिक पर्ने र यसलाई व्यवस्थित बनाउन हेटौंडा नै प्रदेश ३ को राजधानी उपयुक्त हुने संयोजक चौलागाई बताउँछन् ।  

final-boys-and-girls-host-1499435564.gif
20561725_1432833100103454-1501578658.png
ncell1140-1502212343.gif


himal-dental-clinic-1500888499.gif
hetauda-city-college-1502267218.gif
churiyamai-fashion-link-1502512433.gif
ClubWSP-1499412212.gif
तलब भन्दा बढी खुशी गीत संगीतबाट पाउँछु : विषम  
bisam-gautam-(1)-1541875364.jpg

मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३ मा जन्मिएका विषम गौतम अहिले हाल अस्ट्रेलीया सिड्नीमा बसोबास गर्छन् ।...

यात्रु ठग्ने टाटासुमोलाई प्रशासनको साथ
tatasumo-pic-1541870762.jpg

मकवानपुर। मकवानपुरको हेटौंडाबाट काठमाडौंसम्म सञ्चालन हुने टाटासुमोले यात्रुलाई ठगिइरहेको बारम्बार गुनासो...

सहिद रुद्र स्मृति बाटिका, मकवानपुरगढी 
rudra-batika-1541863565.jpg

रुद्र स्मृति बाटिका, मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा रहेको छ । हेटौंडाबाट ५ किलोमिटर पूर्व र चौघडाबाट करिब...

घोषणाको नाटक नगरौं 
madhyaban-shiva-1541855212.jpg

मकवानपुरलाई खुल्ला दिशामुक्त जिल्ला घोषणा भएपछि धेरैले भनेका थिए-‘घोषणा त भयो तर कार्यान्वयन होला त  ?’...

कविता  : गाउँको घर
yas-lama-1541852776.jpg

एस लामा  म्युजिक लाइट  छैनन् बार्दलीहरूमा झुण्ड्याएका छन् प्रायश :  पाकेका पहेँला फर्सी र काक्रा...

अलैचीं खेची प्रविधि 
alaichi-2-1541852443.jpg

- डि.एन. दाहाल   प्रा.स. बकैया गाउँपालिका, मकवानपुर  अलैचींबाट हामीले मनग्ये आम्दानी लिन सक्छौं । सुरुमा...

दोहोरीमा ‘फोहोरी धन्दा’ नहोस् 
Madhyasthata-Eng-1541865589.png

गीत सङ्गीत मन नपर्ने मानिस को होला ? बालक, वयश्क, वृद्घ सबैलाई सङ्गीत मनपर्छ । यस्तो लाग्छ, बिरामी समेत आफूलाई मन...

तिहार सकियो, कारवाही नरोकियोस्  
Madhyasthata-Eng-1541847949.png

तिहारमा नेपालीको घरघरमा रौनकता छायो । तिहारका सामाग्रीले बजार रङ्गियो । तिहारको झिलिमिलीले कसको पो मन नरमाउला ?...

‘आत्मनिर्भर भएपछि विवाह गर्छु !’ 
anu-rai-(3)-1541845912.jpg

मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर ६, फापरबारी तीनतले निवासी अनु राईलाई सामाजिक अभियानमा सरिक हुन रहर लाग्छ...

गजल
gazal-sarita-bhatta-1541684450.jpg

सरिता भट्ट सोह्रै आना तिम्रो नै प्यारमा छु म  पाउनु नै पर्छ भन्ने सारमा छु म ।। कास म तिम्रो मुटुमा...

kingsman-1503123179.gif
get_img-1502212982.gif
missssssssssssssss-1502692855.jpg