Monday, 17th December, 2018
siddhi-binayak-madhyastha-1502267497.gif

राजनीति

हेटौंडामा प्रदेश सांसदलाई निःशुल्क डेरा व्यवस्था

prades(1)-1517906671.jpg

मकवानपुर । प्रदेश ३ को अस्थायी राजधानी हेटौंडाका वासिन्दाले स्थायी राजधानी नै यहीँ कायम गर्न सांसदलाई डेरा खोज्नेदेखि सवारी व्यवस्थापनका विभिन्न तयारी गरेका छन् । हेटौंडा उपमहानगरपालिकाले सांसदहरुलाई भाडाको घरमा बस्न नपर्ने गरी आवास व्यवस्था गर्न लागेको छ ।  उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतका अनुसार यहाँ सांसदहरुका लागि सरकारी भवनमा नै आवासको व्यवस्था गर्ने तयारी छ ।

अन्य जिल्लाबाट आउने सांसदलाई सरकारी भवनमा आवास मिलाउने तयारी गरिएको उनले बताए । ‘जम्मा ११० जनाबाट १० जना मन्त्री बन्ने भएकाले उहाँहरुको लागि आवासको व्यवस्था मिलिसकेको छ, चारजना मकवानपुर र छजना चितवनकाबाहेक अरु ९० जनालाई आवासको व्यवस्था हामी गर्दैछौँ’ उनले भने ।

महतका अनुसार भैंसेमा रहेको हेटौँडा सिमेन्ट उद्योगको क्वार्टर,  हेटौँडा कपडा उद्योगको खाली भवन, टिम्बर कर्पोरेसनको क्वार्टर र डिभिजन सडक कार्यालय भवनलाई सांसदको आवास बनाउने तयारी भइरहेको छ । मकवानपुरलाई स्थायी राजधानी बनाउन हेटौँडा उपमहानगरपालिकाले गरेको भवन व्यवस्थापनले थप मद्दत मिल्ने मकवानपुरका सांसद प्रेमबहादुर पुलामीले बताए । मकवानपुरकै अर्का सांसद इन्द्रबहादुर बानियाँले स्थायी राजधानीका लागि सांसदहरुको आवास पनि महत्वपूर्ण रहेको बताए । उनले हेटौँडामा सांसदलाई अन्य प्रदेशमा जस्तो कोठा खोज्न भौँतारिनुनपर्ने जानकारी दिए ।

सडकपेटी र मालबाहक गाडीको व्यवस्थापन 

मकवानपुर उद्योग वाणिज्य संघले हेटौँडा बजारको सडकपेटीमा व्यवसाय गर्न रोक लगाउने र भारी सवारी आगमनमा समय निर्धारण गर्ने निर्णय गरेको छ । संघका अध्यक्ष कृष्ण कटवालले हेटौँडाका सडकपेटीमा अस्तव्यस्त व्यवसाय र सडक नै जाम हुनेगरी रोकिने भारी सवारी साधनले राजधानी बनाउने सवालमा राम्रो सन्देश नजाने भएकाले यस्तो निर्णय गरिएको बताए । उनले भने,  ‘हामी प्रदेशको स्थायी राजधानी बनाउने पहलमा छौं, बजार साँघुरो हुँदा सन्देश राम्रो जाँदैन ।’ उपमहानगरपालिकाका सामाजिक विकास अधिकृत ध्रुव भुजेलले नगरपालिकाले गर्न चाहेको नगर व्यस्थापनमा उद्योग वाणिज्य संघको निर्णयले सहयोग पुग्ने बताए । विभिन्न क्षेत्रमा सोमबारदेखि भारी सवारी साधन जथाभावी प्रवेश गर्न नपाइने सवारी व्यवस्थापन समितिका अध्यक्ष काव्यमणि अधिकारीले बताए ।

सवारी साधनमा रोक

कान्तिराजपथको बुद्धचोकदेखि नगरपालिका मोडसम्म, सिमाचोकदेखि भुटनदेवी स्कूल मोडसम्म र भुटनदेवी स्कूल मोडदेखि शीतल महलचोकसम्मको क्षेत्रभित्र भारी सवारी साधन प्रवेशका लागि समय निर्धारण गरिएको छ । बिहान ९ देखि ११ बजेसम्म र दिउँसो ३ देखि साझ ५ : ३० बजेसम्म नौ टनभन्दा बढी क्षमताका सवारी साधनले सामान लोड अनलोड गर्न नपाउने निर्णय भएको छ । सो क्षेत्रमा प्रवेश गरेका नौ टनभन्दा बढी क्षमता भएका सवारी साधन बिहान ९ बजेअगावै सो क्षेत्रबाट हटिसक्नु पर्नेछ भने बेलुका ५ : ३० पछि मात्र सो क्षेत्रमा प्रवेश पाउने निर्णय गरिएको छ ।

राससका लागि अञ्जली थापाले लेखेको समाचार अनलाइन खबर डटकमबाट लिइएको हो ।

final-boys-and-girls-host-1499435564.gif
20561725_1432833100103454-1501578658.png
ncell1140-1502212343.gif


himal-dental-clinic-1500888499.gif
hetauda-city-college-1502267218.gif
churiyamai-fashion-link-1502512433.gif
ClubWSP-1499412212.gif
घर निर्माणमा आर्थिक सहयोग पाउँदाको खुशी 
news-pic-mailimaya-shikha-1544106721.jpg

मकवानपुर। मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ८,शिखरपुर,कैजलेकी माइलीमाया बोम्जन एकल महिला हुन् । नेपालमा...

धमाधम बनाइदै बाल संरक्षण नीति 
indrasarobar-news-1544104418.jpg

मकवानपुर । मकवानपुरका विभिन्न गाउँपालिकामा बालमैत्री स्थानीय शासनका लागि आवश्यक पर्ने बाल संरक्षण नीति...

शिक्षकलाई मुख्यमन्त्री पौडेलको यस्तो आग्रह 
paudel-1543858468.JPG

मकवानपुर । उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले हेटौँडामा आयोजना गरेको सुझाव सङ्कलन कार्यशालामा प्रदेश ३ का देश...

हेटौंडामा राष्ट्रिय भेट्रान्स एट ए साईड फुटबलको तयारी
bhetrans-hune-1543856833.jpg

मकवानपुर । मकवानपुरको हेटौंडामा राष्ट्रिय भेट्रान्स एट ए साईड फुटबल प्रतियोगिताको तयारी गरिएको छ ।  हेटौंडा...

सृङ्खलाले जितिन् मल्टिमिडिया अवार्ड, अन्तिम ३० मा सुरक्षित 
srinkhala-1543854676.jpg

मकवानपुर । मकवानपुरे चेली मिस वर्ल्ड २०१८ मा प्रतिस्पर्धा गरिरहेकी श्रृंखला खतिवडाले मल्टिमिडिया अवार्ड...

हेटौंडा स्थायी राजधानी हुने-नहुने टुङ्गो भोटिङबाट  
rajdhani-meeting-1543852627.jpg

मकवानपुर । मकवानपुरको हेटौंडा प्रदेश ३ को स्थायी राजधानी हुने वा नहुने टुङ्गो भोटिङबाट हुने भएको छ । प्रदेश...

लैङ्गिक हिंसा विरुद्दको अभियान अन्तर्गत बक्तृत्वकला 
baktritwakala-1543849257.jpg

मकवानपुर । लैङ्गिकहिंसा विरुद्दको १६ दिने अभियान अन्तर्गत आज मकवानपुरको हेटौंडामा बक्तृत्वकला प्रतियोगिता...

एफसी हर्कटिनले जित्यो उपाधि 
oda-goldcup-bakaiya-5-1543846985.jpg

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ५ जुरेलीमा आज सम्पन्न वडा ५ गोल्ड कप फुटबलको उपाधि एफसी...

मकवानपुरमा तरुणदलद्वारा सरकारको विरोध 
tarundal-gyapanpatra-news-1543844200.png

मकवानपुर । नेपाल तरुण दल मकवानपुर केपी शर्मा ओली सरकार विरुद्द उत्रिएको छ । दल मकवानपुरले आज (सोमबार) मकवानपुरको...

राजदेवी माविमा देखाइयो वृतचित्र 
tol-bikas-news-pic-1543843006.jpg

मकवानपुर । महिला हिंसा विरुद्दको १६ दिने अभियान नोभेम्बर २५ तारिखबाट यही डिसेम्बर १० तारिखसम्म नेपालमा जारी छ ।...

kingsman-1503123179.gif
get_img-1502212982.gif
missssssssssssssss-1502692855.jpg