Tuesday, 25th September, 2018
siddhi-binayak-madhyastha-1502267497.gif

समाचार

हेटौंडामा बालबालिकाको क्षमता मूल्याङ्कन कार्यशाला 

bal-sahabhagita-programme-1520909202.jpg

मकवानपुर। बाल सहभागितामा कार्यरत संस्थाहरुको साझा समूह (कन्र्सोटियमं) नेपालको आयोजना, प्लान इन्टरनेशनल नेपालको सहयोग र बालकल्याण समाज मकवानपुरको सहकार्यमा आज मकवानपुरको हेटौंडामा बाल सहभागिता अभिमुखीकरण तथा बालबालिकाको क्षमता मूल्याङ्कन सम्बन्धि कार्यशाला भएको छ । 
बाल कल्याण समाज मकवानपुरका अध्यक्ष डा. गणेश लामा बलको अध्यक्षता तथा जिल्ला समन्वय समिति मकवानपुरका अध्यक्ष रघुनाथ खुलालको प्रमुख आतिथ्यमा कार्यशाला भएको हो ।  कार्यशालामा मकवानपुरका बालक्लव, युवा समूह र किशोरी समूहमा आबद्घ भएकाहरुको सहभागिता रहेको जनाइएको छ । 
कार्यक्रममा प्रमुख अतिथी जिल्ला समन्वय समिति मकवानपुरका अध्यक्ष रघुनाथ खुलालले बालबालिकाको सवालमा काम गर्दा स्थानीय तहसंग समन्वय गरेर सामाजिक संस्थाहरुलाई आग्रह गरे । मकवानपुरमा विगत लामो समयदेखि बालबालिकाको क्षेत्रमा क्रियाशील बालकल्याण समाजले बालअधिकार र बाल संरक्षणका क्षेत्रमा पु¥याएको योगदानको उनले प्रशंसा गरे । उनले बालबालिकालाई समयमै आफ्नो भविष्य निर्माणमा ध्यान दिन आग्रह पनि गरे । ‘बालबालिकाले के सही र के गलत छुट्याएर समयमै आफ्नो भविष्य निर्माणमा लाग्नुपर्ने छ । ’ खुलालले भने, ‘अन्यथा जीवनमा दुःखद् परिणती पनि निम्तन सक्छ ।’ 
कार्यशालामा कन्र्सोटियमका केन्द्रिय सदस्य प्रकाश खतिवडाले बालबालिकाको क्षमता बढाउदै बाल अधिकारको सवालमा आवाज उठाउनसक्ने उद्घेश्यका साथ आफूहरुले कार्यशाला आयोजना गरेको बताए । कार्यक्रममा कन्सोर्टियमका कार्यकारी निर्देशक नुतन शर्मा, कार्यक्रम संयोजक सरोज आचार्य, बाल कल्याण समाज मकवानपुरका अध्यक्ष डा. गणेश लामा बल, संस्थाका कार्यक्रम प्रबन्धक कमल फुयाल लगायतले आफ्नो धारणा राखेका थिए । 
कन्र्सोटियमका मूल्याङ्कन तथा अनुगमन अधिकृत अजना गौतम, प्लान इन्टरनेशनल नेपाल मकवानपुरका लैङ्गिक तथा बाल अधिकार संयोजक राम खत्री, जन सेवा नेपाल रौतहटका अध्यक्ष कोपिला तिमल्सिना लगायतको आतिथ्यता रहेको कार्यशालामा प्रशिक्षक नीना महर्जले सहजीकरण गरेका थिए ।  
  

final-boys-and-girls-host-1499435564.gif
missssssssssssssss-1502692855.jpg
ncell1140-1502212343.gif
himalayanbank-august1-1502361136.gif


himal-dental-clinic-1500888499.gif
churiyamai-fashion-link-1502512433.gif
ClubWSP-1499412212.gif
गाउँपालिकाबाट सुत्केरी भत्ता पाउँँदाको खुशी 
baner-1-1531283728.jpg

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिकाको सहयोगमा मातृ शिशु सुरक्षा कार्यक्रम अन्तरगत आमा र बच्चाको सुरक्षा...

वडा वडामा बालसंरक्षण समिति
20180525_141408-1529595268.jpg

मकवानपुर । मकवानपुरको विभिन्न गाउँपालिकाका वडामा बाल संरक्षण समिति गठन भएका छन् । मकवानपुरको मकवानपुरगढी...

युवा महिला अभियन्ताको यस्तो प्रतिबद्दता 
talim-ma-sahavagi-1529511990.jpg

मकवानपुर । बालबालिका तथा युवा सरोकारको अभियानमा सक्रियताका लागि मकवानपुरको हेटौंडा उपमहानगर तथा मकवानपुरगढी...

डाँडाखर्क-गोगनेका जनप्रतिनिधी बाल विवाहमुक्त गाउँ बनाउने योजनामा 
balbiwaha-talim-pic-1529256555.jpg

मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिका डाडाँखर्कका जन प्रतिनिधीे आफ्नो वडालाई बाल विवाहमुक्त वडा बनाउँन...

बाल विवाह अन्त्यका लागि बहस 
hetauda123-de-1529994850.jpg

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा बाल विवाह अन्त्यका लागि सरोकारवाला छलफलमा जुटेका छन् । विहीबार...

लागुऔषध सहित तीन जना प्रहरीको नियन्त्रणमा 
pakrau-news-1528633074.jpg

मकवानपुर । लागुऔषध र भरुवा बन्दुक सहित तीन जनालाई मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको  छ । प्रहरीले पूर्वि...

प्रतिनिधीसभामा आजबाट मन्त्रालयगत छलफल, यस्तो छ कार्यसूची 
parliyament_CA-madhyastha-1528599392.jpg

काठमाडौँ ।  सरकारले आर्थिक वर्ष २०७५/७६ का लागि प्रस्तुत गरेको बजेटका विषयमा आज आइतबारदेखि प्रतिनिधिसभाको...

बाल विवाहमुक्त प्रदेश बनाउँन सरोकारवालाको प्रतिबद्दता
bal-biwaha-pic-1528521341.jpg

मकवानपुर । प्रदेश ३ सरकारले आगामी २०७८ सालभित्र बाल विवाहमुक्त प्रदेश बनाउन लिएका लक्ष्यलाई सफल बनाउन आवश्यक...

आजका राष्ट्रिय अखबारले जे लेखे !  

मकवानपुर । आज मिति २०७५ जेष्ठ २५ गते शुक्रबारका दिन काठमाडौंबाट प्रकाशित राष्ट्रिय अखबारले विभिन्न विषयका...

प्रदेश ३ को नीति तथा कार्यक्रम पारित 
prades-3-1528389275.jpg

मकवानपुर । प्रदेश ३ को प्रदेशसभाले प्रदेश नम्बर ३ को आर्थिक बर्ष २०७५ ÷७६ को निती तथा कार्यक्रम बहुमतले पारित...