Friday, 23rd February, 2018
siddhi-binayak-madhyastha-1502267497.gif

चिनारी

हेटौंडामा सौन्दर्य प्रतिष्पर्धा :  विगत र वर्तमान 

bikram-bharati-1502764482.jpg

लेखक : विक्रम भारती

- विक्रम भारती 
मकवानपुरको हेटौंडामा सौन्दर्य प्रतिष्पर्धा सुभारम्भ भएको ८/९ वर्ष भयो । २०६७ सालमा बाल छहारी नेपाल र एवन क्रियशनले संयुक्त रुपमा आयोजना गरेको ‘मिस टिन हेटौंडा’ नामक सौन्दर्य प्रतियोगिताले अहिलेसम्म पनि निरन्तरता पाइरहेको छ । हुन त यस अघि पनि हेटौंडामा ‘मिस हेटौंडा’ नामक सौन्दर्य प्रतिष्पर्धा भएको सुनिन आएको छ । तर पनि आधिकारिक रुपमा विगतदेखि हालसम्म ‘मिस टिन हेटौंडा’ प्रतियोगिता सञ्चालन गर्र्दै आइरहेको हाम्रो टिमसंग अनुभव छ । 
हाम्रो संस्थाले पहिलो पटक २०६७ मा ‘मिस टिन हेटौंडा २०१०’ आयोजना गरेको हो । त्यसभन्दा पहिले सौन्दर्य प्रतियोगिताको अनुभव तथा सिकाईका लागि जीत हाम्रो नेपाल संस्थाकोसहकार्यमा ‘सानो बाबू, सानो परी’ नामक प्रतियोगिता गरिएको थियो । यो प्रतियोगितामा हामीले व्यवस्थापनको जिम्मेवारी पूरा गरेका थियौं । सौन्दर्य प्रतियोगिताका विविध पक्षबारे यो प्रतियोगिता व्यवस्थापन गर्दै जाँदा हामीले विभिन्न प्रकारका सिकाईहरु पायौं । ‘मिस टिन हेटौंडा २०१०’ पछि हामीले निरन्तर रुपमा अहिलेसम्म पनि सौन्दर्य प्रतियोगिता सञ्चालन गरिरहेका छौं । ‘लिटिल मिस्टर एण्ड मिस हेटौंडा २०१०’, ‘मिस टुरिजम २०११’,‘मिस हेटौंडा २०१२’ ‘मिस टिन हेटौंडा २०१४’,‘मिस हेटौंडा २०१५’ नामक सौन्दर्य प्रतियोगिता हामीले सफलतापूर्वक सम्पन्न गरेका छौं । यी प्रतिष्पर्धामा सहभागी भएर सौन्दर्य तथा व्यक्तित्व विकासका विषयमा जानकारी हासिल गरेकाहरु अहिले पनि विभिन्न क्षेत्रमा आफ्नो पहिचान सहित सक्रिय छन् । विजयी बनेकाहरु विभिन्न अवसरका साथ आफ्नो क्षेत्रमा लागिपरेका छन् । कोही मोडलिङ क्षेत्रमा आफ्नो करियर बनाइरहेका छन् भने कोही प्रतियोगिताको सिकाईबाट आफ्नो भविष्य निर्माणको दिशामा अघि बढिरहेका छन् । हालसम्मको कार्य अनुभवका आधारमा भन्ने हो भने यस प्रतियोगिता आफैंमा सिकाई, अवसर र प्रसस्त सम्भावनाको माध्यम हो । किनभने, प्रतियोगिता अवधिभरमा सहभागीहरुलाई प्रसस्त रुपमा भाषा, संस्कृति, रिति रिवाज, रहनसहन लगायतका विषयमा सहभागीहरुलाई ज्ञान दिइने गरिन्छ । यसका साथै उनीहरुले प्रतियोगिता अवधिभर सिक्ने व्यक्तित्व विकास सम्बन्धि शीपबाट जीवनको जुनसुकै समयमा आफ्नो भविष्य बनाउँन सक्छन् । उनीहरुमा आत्मविश्वास जागृत गराउँनका लागि हामीले गर्दै आएको प्रतियोगिता फलदायी हुदै आएको छ । यसै शिलशिलामा अहिले फेरी हामी ‘मिस टिन हेटौंडा २०१७ ’ प्रतियोगिताको तयारीमा छौं । भूकम्पको पीडाका कारण हामीले २०१६ मा प्रतियोगितालाई निरन्तरता दिन सकेनौं । लामो समयको अनुभव, सिकाई तथा प्रतिष्पर्धाको परिपक्वताका आधारमा यो पटक अझ परिस्कृत, अझ सफलतापूर्वक हामी प्रतियोगिता सञ्चालनमा तयारीमा छौं । प्रतियोगिताका लागि हामी फर्म वितरणको काम गर्दै छौं । यस पटकदेखि अनलाइनबाटै प्रतियोगितामा सहभागी हुन चाहानेले फर्म भर्न सक्ने व्यवस्था मिलाएका छौं । यसबाट फर्म खोज्दै हिड्नुपर्ने बाध्यता पनि अब सहभागीहरुमा हुने छैन । प्रतियोगितामा सहभागी हुन इच्छुकले ‘मिस टिन हेटौंडा २०१७’ को अफिसियल वेभसाइट www.missteenhetauda.tk मा गई फर्म भर्न सकिनेछ । 
 

मोफसलकै सबैभन्दा ठूलो पुरस्कार राशी : 
बाल छहरी नेपाल र एवन क्रियशनले सञ्चालन गर्दै आइरहेको सौन्दर्य प्रतियोगिताको पुरस्कार पनि मोफसलकै सबैभन्दा ठूलो राशीको छ । हाल नेपालमा सञ्चालन भइरहेका केही गनिएका कार्यक्रम बाहेक सबैभन्दा धेरै पुरस्कार राशी भएको प्रतियोगिता सञ्चालन गर्ने संस्थाका रुपमा आफूले आफूलाई चिनाउँन पाउँदा खुसी लाग्छ । प्रतियोगिताको ताज जित्नेलाई विभिन्न अवसरहरु सहित नगद एक लाख प्रदान गर्दै आइरहेका छौं भन्न पाउँदा हामीलाई गौरवान्वित महसुस हुन्छ । यो पटक पनि हामी ताज विजेतालाई नगद एक लाख  रुपिया सहित विभिन्न अवसर प्रदान गर्ने गरी प्रतियोगिताको तयारी गरिरहेका छौं । यसका साथै, प्रतियोगितामा फस्ट रनरअप, सकेन्ड रनरअप र पछिल्लो वर्ष सञ्चालन गरिएको ‘मिस हेटौंडा २०१५’ बाट घोषणा गरिएको थर्ड रनरअप सहित अन्य विभिन्न पन्ध्र विधामा टाइटल अवार्ड समेत प्रदान गरिने छ । प्रतियोगितामा फस्ट रनरअपले १५ हजार, सेकेन्ड रनरअपले १० हजार र थर्ड रनरअपले ५ हजार नगद सहित विभिन्न अवसरहरु प्राप्त गर्नेछन् । यसका साथै प्राइम लाइफ इन्सुरेन्सको तर्फबाट विजेतालाई रु पाँच लाख बराबरको निःशुल्क जीवन बिमा समेत गरिनेछ भने फस्ट, सेकेन्डर थर्ड रनरअपले पनि क्रमशः तीन, दुई र एकलाख रुपिया बराबरको जीवन बिमाको सुविधा प्राप्त गर्नेछन् । अरु विभिन्न संस्थाले गर्ने यस्ता खालका सौन्दर्य सम्बन्धि प्रतिपष्र्धा २०÷२५ दिनमा सम्पन्न गरिसक्ने देखिएको छ भने हामीले साँढे दुई महिनासम्म सहभागीलाई विभिन्न विधामा प्रशिक्षित गराउने काम गरिरहेका छौं । यो समयमा उनीहरुले जीवनका लागि आवश्यक महत्वपूर्ण पक्षहरुका बारेमा जानकारी एवम् शिप प्राप्त गर्दै अन्तिम प्रतिष्पर्धाका लागि तयार हुन्छन् । हामी निर्धक्कले भन्छौं की अन्य संस्थाले गर्ने यस्ता प्रतियोगिताका तुलनामा हाम्रो प्रतियोगितामा सहभागीहरुले कम शुल्कमा धेरै सिकाई हासिल गर्ने मौका पाइरहेका छन् । प्रतियोगिताका लागि सहभागी शुल्कबापत १५–२० हजार असुलेर नाफा कमाउनेहरु पनि पाइन्छन्, त्यस्ता आयोजक प्रसस्तै छन् । तर हामीले सहभागीहरुबाट न्यून शुल्कमा उनीहरुलाई धेरै अवसर प्रदान गरिरहेका छौं । हामीलाई नजिकबाट चिन्नेहरुले पनि भन्न सक्छन् की अरुले सञ्चालन गर्ने प्रतियोगिता भन्दा के के कारणले हाम्रो प्रतियोगिता फरक र उत्कृष्ट छ भन्ने कुरा । 

प्रतियोगिताका नाममा ठगी : 
लामो समयदेखिको अनुभव र सिकाईका आधारमा हेटौंडामा बाल छहारी नेपाल र एवन क्रियशनको संयुक्त आयोजनामा हेटौंडामा विभिन्न प्रतियोगिता हुँदै आइरहेको छ । आधिकारिक रुपमा मकवानपुरमा लामो समय देखि यस्ता प्रतिष्पर्धा गर्ने हामी नै हौं । तर बिचबिचमा जिल्ला बाहिरबाट आएका आयोजकले हेटौंडालाई बदनाम गर्ने गरी प्रतियोगिता गरेको उदाहरण हामीसंग छन् । काठमाडौंबाट स्ट्रिङ मिडिया नामक कम्पनिले हेटौंडामा आएर मिस्टर एण्ड मिस नारायणी नामक सौन्दर्य प्रतियोगिता आयोजना गरेर कार्यक्रम नसकी बिचमै भागेको दुःखद र लाजमर्दो घटना पनि छ । तीन वर्ष भइसक्दा पनि प्रतियोगिताका विजेताहरुले हालसम्म पनि पुरस्कार नपाएको सुनिदै आएको छ । यो घटनाले गर्दा सोही वर्ष सञ्चालन भइरहेको हाम्रो प्रतियोगिता ‘मिस टिन हेटौंडा २०१४’ लाई प्रत्यक्ष प्रभाव पार्यो । सौन्दर्य प्रतियोगितामा हुने यस्ता विकृतीका कारण धेरै वर्षदेखि आफ्नै पहिचान सहित काम गरिरहेका हामीजस्ता आयोजकलाई असर पुग्ने गर्दछ । अहिले पनि हेटौंडामा विभिन्न नामका केही संस्था, कम्पनी सौन्दर्य प्रतियोगिता गर्छु भनि लागिरहेको सुनिन्छ । उनीहरुको आधिकारिता, अनुभव, सिकाई खासै केही नहुँदा प्रतियोगितामा सहभागी हुन चाहानेबाट केवल आर्थिक लाभ लिने सोच देखिन्छ । सहभागीहरुले पनि आयोजना गर्ने संस्थाको विगत राम्रोसंग बुझेरमात्र सहभागी हुँदा राम्रो हुन्छ । हेटौंडामा अहिले पनि सौन्दर्य प्रतियोगिता गर्छु भनेर भ्रम छर्ने र हाम्रो कार्यक्रम प्रभावित पार्ने खेलमा केही लागेको पाइन्छ । हामीले गर्दै आइरहेको ‘मिस टिन हेटौंडा’ को ब्रान्डलाई केहीले आफ्नो प्रतियोगिताको नाम दिएर अनेक मिडीयाबाजीमा लागेको पनि देखिएको छ । अरुको पहिचानमा आफ्नो कमाउने दाउ खोज्नेदेखि सहभागी, अभिभावक तथा सरोकारवाला सबै सचेत हुनुपर्छ।(लेखक भारती  : सौन्दर्य प्रतियोगिता आयोजक बाल छहारी नेपालका अध्यक्ष हुन् ।) 

 

final-boys-and-girls-host-1499435564.gif
missssssssssssssss-1502692855.jpg
ncell1140-1502212343.gif
himalayanbank-august1-1502361136.gif


himal-dental-clinic-1500888499.gif
churiyamai-fashion-link-1502512433.gif
ClubWSP-1499412212.gif
मकवानपुरगढी गाउँपालिकाका जनप्रतिनिधी तस्करसंग मिलेको आरोप  !
press-1-1519185320.jpg

मकवानपुर । मकवानपुरगढी गाउँपालिकाका जन प्रतिनिधीलाई तस्करसंग मिलेको आरोप लागेको छ । गाउँपालिकाको वडा नम्बर २, ७...

के छापियो आजको अखबारमा ? 

मकवानपुर । प्रदेश ३, काठमाडौंबाट आज बुधबार प्रकाशित कान्तिपुर दैनिकले मन्त्रिपरिषद् विस्तारको तयारीलाई मुख्य...

के छापियो आजको अखबारमा ?

मकवानपुर । प्रदेश ३, काठमाडौंबाट आज बुधबार प्रकाशित कान्तिपुर दैनिकले मन्त्रिपरिषद् विस्तारको तयारीलाई मुख्य...

प्रहरी इन्काउन्टरमा मनोज पुन र उनको सहयोगीको मृत्यु 

मकवानपुर । गुण्डा नाइके मनोज पुन प्रहरी इन्काउन्टरमा मारिएका छन् । पुन गएराती प्रहरी इन्काउन्टरमा रुपन्देहीको...

सम्पादक चौलागाईलाई जागरण तुखबर पत्रकारिता पुरस्कार 
shiva-sammanit-1519172860.jpg

मकवानपुर । मध्यस्थता साप्ताहिक तथा मध्यस्थता डटकमका सम्पादक शिव चौलागाईंलाई जागरण तु खबर पत्रकारिता पुरस्कार...

मकवानपुरगढीमा जनताकै विरुद्धमा जनप्रतिनिधि, प्रशासनदेखि गुट-उपगुटकोसम्मको मिलोमतो भएको आरोप
Shivam-Sunuwai-1519086487.jpg

चन्द्र घलान मकवानपुर । कुनै पनि जनप्रतिनिधिले जनताको ईच्छा र हितविपरितको कार्य गर्नु जनताको लागि घोर अन्याय...

सम्पति विवरण नबुझाउने १९ हजार बढी निजामति कर्मचारी 

मकवानपुर । राष्ट्रिय सतर्कता केन्द्रका अनुसार मुलुकका १९ हजार १ सय ३४ जना कर्मचारीले तोकिएको समयमा सम्पति विवरण...

आज ६८ औं प्रजातन्त्र दिवस मनाइदैं 

मकवानपुर । आज ६८ औं प्रजातन्त्र दिवस प्रजातन्त्र स्थापना भएको दिनको सम्झनामा मकवानपुर लगायत देशभर विभिन्न...

प्रदेश ३ मा मन्त्री छान्न मुख्यमन्त्री पौडेल र प्रधानमन्त्रीबिच भेटवार्ता 
vet-1518778975.jpg

मकवानपुर । मन्त्रीपरिषद बिस्तारबारे मुख्यमन्त्री पौडेल र प्रधानमन्त्री ओलीको भेटवार्ता हेटौँडा,४ फागुन,...

ललितपुरका सांसद भन्छन्,‘ प्रदेश ३ को राजधानी हेटौंडा उपयुक्त’ 
lalitpur-programme-1518778239.jpg

मकवानपुर । वाम गठवन्धनको तर्फबाट ललितपुर जिल्लाबाट विजयी भएका सांसदहरुले प्रदेश नंबर ३ को राजधानी हेटौँडा...