Thursday, 24th January, 2019
siddhi-binayak-madhyastha-1502267497.gif

हिँड्दा-हिँड्दै

‘आत्मनिर्भर भएपछि विवाह गर्छु !’ 

anu-rai-(3)-1541845912.jpg

अनु

मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर ६, फापरबारी तीनतले निवासी अनु राईलाई सामाजिक अभियानमा सरिक हुन रहर लाग्छ । नारी शिप सिर्जना केन्द्र नामक गैर सरकारी संस्थाको युवा परिचालक भएर गाउँमा मानव बेचविखन विरुद्दको अभियानमा काम गरेको उनीसंग अनुभव छ । अहिले २३ वर्षकी अनुले वि.सं.२०७१ सालमा स्थानीय जनता माविबाट एसएलसी गरेकी हुन् । हाल उनी सोही विद्यालयमा प्लस टु अध्ययनरत छिन् । गीत संगीत तथा कलाकारितामा रुची राख्ने उनले गरेको अभिनयको सडक नाटक मकवानपुरको हेटौंडा,फापरबारी, हात्तिसुढे, मनहरी, हाडीखोला, पदमपोखरी लगायत ठाउँमा प्रदर्शन भएको छ । हाल हेटौंडा स्थित एक इस्टिच्युटमा कोरियन भाषा सिक्दै गरेकी अनुसंग हामीले हिड्दा हिड्दै उनका जीवन भोगाईबारे केही प्रश्न सोधेका छौं । 

१. तपाईको नाम अनु, नामको अर्थ चाँही के हो नि ? 
ओ हो, मलाई त नामको अर्थ नै थाहा भएन । सरि है । 
२. आजभोली के मा व्यस्त हुनुहुन्छ ? 
आजभोलि कोरियन भाषा सिकिरहेको छु । यसमै व्यस्त बनिरहेको छु । 
३. जीवनको लक्ष्य के लिनुभएको छ ? 
सबैभन्दा पहिला त मलाई जन्म दिने बाबा, आमालाई अहिलेको दुःखको घेराबाट बाहिर निकाल्न चाहान्छु । त्यसपछि मेरो जीवनको लक्ष्यका विषयमा सोच्नुपर्ला । 
४. जीवनमा सबैभन्दा खुशी र दुःखको क्षण सम्झिनुपर्दा कुन-कुन सम्झिनु हुन्छ ? 
सबैभन्दा दुःखको कुरा सम्झिनुपर्दा चाँही म २०७२ साल वैशाख १२ गते गएको भूकम्पलाई सम्झिन्छु । जुन दिन भएको एउटा सानो हाम्रो घर पनि आँखा अगाडी नै सबै भत्कियो । आफ्नो बस्ने ठाउँ नभएर अरुको घरमा सहारा लिएर बस्नुप¥यो ।  अरुको घर जति नै राम्रो ठूलो भएपनि आफ्नो जस्तो कहाँ हुन्थ्यो र ? एक महिना त्यतिकै अरुकोमा बस्यौं, त्यो दिन साह्रै नरमाइलो लाग्छ । सुखका दिन सम्झनुपर्दा चाँही पछि फेरी आफैंले सानो घर बनायौं । सबै जना त्यही घरमा बस्यौं । सानै भएपनि आफ्नै घरमा बस्न पायौं । यही दिन सबैभन्दा खुशीको दिन हो जस्तो लाग्छ जीवनमा अहिलेसम्म । 
५. भविष्यको जीवनसाथीका विषयमा के सोच्नुभएको छ ? कस्तो जीवनसाथी होस् भन्ने चाहाना छ ? 
अहिले जे जति दु :ख, पीडा भोगिरहेकी छु । त्यस्ता दुःख पीडा आगामी दिनमा भोग्नु नपरे हुन्थ्यो भन्ने लाग्छ । भविष्यको जीवनसाथी मेरो हरेक सुख, दुःखमा साथ दिने होस् । मेरो भावनाको कदर गर्ने होस् । सबैलाई आदर सत्कार गर्ने होस् । कुन चाँही केटीले आफ्नै जीवनसाथी नराम्रो परोस् भन्ठान्छ र म पनि असल जीवनसाथी होस् भन्ने चाहान्छु । धेरै दिदि बहिनीले जीवनसाथीकै कारणले जीवनमा दुःख पनि पाएका छन् । तर म भविष्यको जीवनसाथी असल होस् भन्ने चाहान्छु । 
६. लभ भनेको के हो जस्तो लाग्छ ? 
खोइ, बुझ्नेलाई यही लभ अमृत हुन्छ । नबुझ्नेलाई यही लभ विष हुन्छ । म के भनुँ ?
७. कसैसंग लभमा हुनुहुन्छ ? 
मलाई लभप्रति खासै रुची छैन । यसलाई कति मान्छेले टाइम पासका रुपमा लिने गरेका छन् । 
८. सबैभन्दा बढी माया चाँही कसको लाग्छ ? 
सबैभन्दा बढी माया बाबा आमाको लाग्छ , किनकी बाबा आमाले जन्म नदिनु भएको भए अहिले म यी प्रश्नको जवाफ दिन कहाँ पाउँथे र ? उहाँहरुले जन्म दिनुभयो, कर्म दिनु भयो । बाबाआमाकै साथ र हौसला पाएर आज यहाँसम्म आइपुगेको छु । आमा बाबाको बयान गरेर त कहिल्यै सकिन्न  । 
९. विवाह कहिले गर्ने सोच छ ? 
विवाह भन्ने कुरा लाइफमा एक पटक मात्र गरिन्छ । हतारमा विवाह गरेर पछुताउनु मात्र हो । सबैले एक दिन आफ्नो जन्म घर छाडेर त जानै पर्छ । तर आफू आफैंमा सक्षम पनि हुनुपर्यो । पहिले आफ्नो भविष्य बनाउँने हो अनि विवाह गर्ने हो, ताकि भोलि कसैले हेप्न नसकोस् । अरुको भरमा होइन, अरुलाई चाँही पाल्न सक्ने हुनुपर्छ भन्ने मलाई लाग्छ । यसर्थ, मेरो भविष्य बनोस्, आत्म निर्भर भइयोस् अनि विवाह गर्ने सोच छ । 
१०. तपाई विभिन्न गीत–संगीत, नाटकमा समेत रुची राख्नु हुन्छ । यो क्षेत्रमा रुची चाँही कसरी जागृत भयो । 
मलाई कलाकारिता क्षेत्र एक दम मनपर्छ । कहिलकाहीं गीत गाउँने पनि गर्छु, अनि नाटकहरुमा पनि अभिनय गर्छु । गीत गाउँने इच्छा चाँही सानै देखिको हो । स्कुल पढ्दा कक्षामा खुब गीत गाइन्थ्यो । त्यो सानो बेलामा गीत संगीतमै लागेर भविष्य बनाइन्छ भन्ने लाग्थ्यो । तर, सोचे जस्तो कहाँ हुदो रहेछ र जीवनमा । 


 

anu-rai-(1)-1541845947.jpg

अनु

anu-rai-(2)-1541845947.jpg

अनु

final-boys-and-girls-host-1499435564.gif
20561725_1432833100103454-1501578658.png
ncell1140-1502212343.gif


himal-dental-clinic-1500888499.gif
hetauda-city-college-1502267218.gif
churiyamai-fashion-link-1502512433.gif
ClubWSP-1499412212.gif
बकैयाका युवा विद्यार्थीलाई वित्तिय साक्षरता 
studen-y-flt-1545137018.jpg

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकाका युवा विद्यार्थीलाई वित्तिय साक्षरता कार्यक्रम सुरु गरिएको छ ।...

घर निर्माणमा आर्थिक सहयोग पाउँदाको खुशी 
news-pic-mailimaya-shikha-1544106721.jpg

मकवानपुर। मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ८,शिखरपुर,कैजलेकी माइलीमाया बोम्जन एकल महिला हुन् । नेपालमा...

धमाधम बनाइदै बाल संरक्षण नीति 
indrasarobar-news-1544104418.jpg

मकवानपुर । मकवानपुरका विभिन्न गाउँपालिकामा बालमैत्री स्थानीय शासनका लागि आवश्यक पर्ने बाल संरक्षण नीति...

शिक्षकलाई मुख्यमन्त्री पौडेलको यस्तो आग्रह 
paudel-1543858468.JPG

मकवानपुर । उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले हेटौँडामा आयोजना गरेको सुझाव सङ्कलन कार्यशालामा प्रदेश ३ का देश...

हेटौंडामा राष्ट्रिय भेट्रान्स एट ए साईड फुटबलको तयारी
bhetrans-hune-1543856833.jpg

मकवानपुर । मकवानपुरको हेटौंडामा राष्ट्रिय भेट्रान्स एट ए साईड फुटबल प्रतियोगिताको तयारी गरिएको छ ।  हेटौंडा...

सृङ्खलाले जितिन् मल्टिमिडिया अवार्ड, अन्तिम ३० मा सुरक्षित 
srinkhala-1543854676.jpg

मकवानपुर । मकवानपुरे चेली मिस वर्ल्ड २०१८ मा प्रतिस्पर्धा गरिरहेकी श्रृंखला खतिवडाले मल्टिमिडिया अवार्ड...

हेटौंडा स्थायी राजधानी हुने-नहुने टुङ्गो भोटिङबाट  
rajdhani-meeting-1543852627.jpg

मकवानपुर । मकवानपुरको हेटौंडा प्रदेश ३ को स्थायी राजधानी हुने वा नहुने टुङ्गो भोटिङबाट हुने भएको छ । प्रदेश...

लैङ्गिक हिंसा विरुद्दको अभियान अन्तर्गत बक्तृत्वकला 
baktritwakala-1543849257.jpg

मकवानपुर । लैङ्गिकहिंसा विरुद्दको १६ दिने अभियान अन्तर्गत आज मकवानपुरको हेटौंडामा बक्तृत्वकला प्रतियोगिता...

एफसी हर्कटिनले जित्यो उपाधि 
oda-goldcup-bakaiya-5-1543846985.jpg

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ५ जुरेलीमा आज सम्पन्न वडा ५ गोल्ड कप फुटबलको उपाधि एफसी...

मकवानपुरमा तरुणदलद्वारा सरकारको विरोध 
tarundal-gyapanpatra-news-1543844200.png

मकवानपुर । नेपाल तरुण दल मकवानपुर केपी शर्मा ओली सरकार विरुद्द उत्रिएको छ । दल मकवानपुरले आज (सोमबार) मकवानपुरको...

kingsman-1503123179.gif
get_img-1502212982.gif
missssssssssssssss-1502692855.jpg