Thursday, 24th January, 2019
siddhi-binayak-madhyastha-1502267497.gif

हिँड्दा-हिँड्दै

‘आमा दुःखी देख्दा साह्रै पीडा हुन्छ ।’

tulasi-nepal-1493542361.jpg

तुलसी नेपाल

तुलसी नेपाल, सामाजिक अभियन्ता हुन् । मकवानपुरको हेटौंडा, बसामाडीकी उनी अहिले व्यवस्थापनमा स्नाकोत्तर सकेर अहिले कानून विषय अध्ययनरत छिन् । सामाजिक सहजीकरणको अभियानमा लागेकी उनीसंग विभिन्न संस्थामा काम गरेका अनुभव छन् । वसामाडी विकास संस्थाले प्लान नेपालसंगको साझेदारीमा बालअधिकार र शिक्षा, कोसान सङघ अपाङ्गता भएकाहरुको अधिकार र हक हितको लागि, हिमराइट्ससङग जोखिमा परेका बालबालिका र महिला सशक्तीकरण, प्लान इन्टरनेशनलको साझेदारीमा निश्पक्ष युवा समूहसंग किशोरी सशक्तीकरण कार्यमा विभिन्न जिम्मेवारीमा रही काम गरेको अनुभव उनीसंग छ । बालअधिकारकी प्रशिक्षक समेत रहेकी नेपालसंग आज हामीले जीवन भोगाईका विषयमा छोटो कुराकानी गरेका छौं ।

तपाईको नाम तुलसी, नामको अर्थ के होला ?
हिन्दुहरुले आफ्नो घरको आँगनीमा रोप्ने भगवान विष्णुको स्वरुपको एक वृक्ष, जो गुणकारी हुन्छ ।  
यो नाम तपाईं आफैंले राख्नुभएको कि अरु कसैले राखिदिएको ?
बाबाआमाले राखिदिनुभएको नाम हो मेरो ।
आजभोली के गर्दै हुनुहुन्छ ?
म अहिले मास्टरको थेसीसको काममका व्यस्त भइरहेको छु । साथै एलएलबी दोस्रो वर्षको तयारी पनि गरिरहेको छु ।
पढाईको अलावा तपाईंलाई के गर्न मन लाग्छ ?
फुर्सद भयो भने नयाँ ठाउँमा घुम्न अनि उपन्यास पढ्न मनलाग्छ ।
अहिलेसम्मको जीवन भोगाईको आधारमा जीवन भनेको के हो जस्तो लाग्छ तपाईलाई ?
जीवन रमाइलो यात्रा हो । हाँसेर जीउन जान्नुपर्छ र कर्म गरिरहनुपर्छ । जीवनमा अहिलेसम्मका अविष्मरणीय त्यस्ता कुनै अविष्मरणीय क्षण छन्, जसलाई तपाई भुल्न सक्नुहुन्न ।
सङ्कटकालमा घरमुनी सडकमा साइकल सिक्दै गर्दा आर्मीले माओवादी भनेर दिएको यातना पीडा जीवनको दुःखको क्षण हो । सुखको दिन केलाई मान्नु, सधैं उस्तै लाग्छ बसेर खाने दिन आको छैन । के लाई सुख मान्नु ?   
जीवनमा कसैलाई माया गर्नुभएको छ ?
गरेकी छु । मेरी आमाको मलाई सबैभन्दा बढी माया लाग्छ ।
कुनै दिन रुनुभएको छ ?
रोएको छु । मेरो भाइले द्वन्द्वकालमा घर छोडेर हिडेको बेलामा आमाले छोरो सम्झिएर रुँदाको ती दिन आजै जस्तो लाग्छ । म मेरो आमा दुःखी भएको देख्न सक्दिन मनमा साह्रै  पीडा हुन्छ ।
जीवनमा जागिरको महत्व छ कि छैन ?
छ नि । बाँच्नका लागि केही गर्नुपर्छ, कर्मविना त बाँच्न पनि सकिन्न नि ।
तपाईको जीवनको लक्ष्य चाँही के हो ? के गर्न पाए जीवनमा खुसी मिल्थ्यो भन्ने लाग्छ ?
बृद्धआमा बुबा हरुको लागि केही गर्न मन छ तर थाहा छैन सक्छु सक्दिन । मन मात्रै भएर नहुदो रहेछ धन पनि चाहिँदो रहेछ ।

 

 

final-boys-and-girls-host-1499435564.gif
20561725_1432833100103454-1501578658.png
ncell1140-1502212343.gif


himal-dental-clinic-1500888499.gif
hetauda-city-college-1502267218.gif
churiyamai-fashion-link-1502512433.gif
ClubWSP-1499412212.gif
बकैयाका युवा विद्यार्थीलाई वित्तिय साक्षरता 
studen-y-flt-1545137018.jpg

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकाका युवा विद्यार्थीलाई वित्तिय साक्षरता कार्यक्रम सुरु गरिएको छ ।...

घर निर्माणमा आर्थिक सहयोग पाउँदाको खुशी 
news-pic-mailimaya-shikha-1544106721.jpg

मकवानपुर। मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ८,शिखरपुर,कैजलेकी माइलीमाया बोम्जन एकल महिला हुन् । नेपालमा...

धमाधम बनाइदै बाल संरक्षण नीति 
indrasarobar-news-1544104418.jpg

मकवानपुर । मकवानपुरका विभिन्न गाउँपालिकामा बालमैत्री स्थानीय शासनका लागि आवश्यक पर्ने बाल संरक्षण नीति...

शिक्षकलाई मुख्यमन्त्री पौडेलको यस्तो आग्रह 
paudel-1543858468.JPG

मकवानपुर । उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले हेटौँडामा आयोजना गरेको सुझाव सङ्कलन कार्यशालामा प्रदेश ३ का देश...

हेटौंडामा राष्ट्रिय भेट्रान्स एट ए साईड फुटबलको तयारी
bhetrans-hune-1543856833.jpg

मकवानपुर । मकवानपुरको हेटौंडामा राष्ट्रिय भेट्रान्स एट ए साईड फुटबल प्रतियोगिताको तयारी गरिएको छ ।  हेटौंडा...

सृङ्खलाले जितिन् मल्टिमिडिया अवार्ड, अन्तिम ३० मा सुरक्षित 
srinkhala-1543854676.jpg

मकवानपुर । मकवानपुरे चेली मिस वर्ल्ड २०१८ मा प्रतिस्पर्धा गरिरहेकी श्रृंखला खतिवडाले मल्टिमिडिया अवार्ड...

हेटौंडा स्थायी राजधानी हुने-नहुने टुङ्गो भोटिङबाट  
rajdhani-meeting-1543852627.jpg

मकवानपुर । मकवानपुरको हेटौंडा प्रदेश ३ को स्थायी राजधानी हुने वा नहुने टुङ्गो भोटिङबाट हुने भएको छ । प्रदेश...

लैङ्गिक हिंसा विरुद्दको अभियान अन्तर्गत बक्तृत्वकला 
baktritwakala-1543849257.jpg

मकवानपुर । लैङ्गिकहिंसा विरुद्दको १६ दिने अभियान अन्तर्गत आज मकवानपुरको हेटौंडामा बक्तृत्वकला प्रतियोगिता...

एफसी हर्कटिनले जित्यो उपाधि 
oda-goldcup-bakaiya-5-1543846985.jpg

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ५ जुरेलीमा आज सम्पन्न वडा ५ गोल्ड कप फुटबलको उपाधि एफसी...

मकवानपुरमा तरुणदलद्वारा सरकारको विरोध 
tarundal-gyapanpatra-news-1543844200.png

मकवानपुर । नेपाल तरुण दल मकवानपुर केपी शर्मा ओली सरकार विरुद्द उत्रिएको छ । दल मकवानपुरले आज (सोमबार) मकवानपुरको...

kingsman-1503123179.gif
get_img-1502212982.gif
missssssssssssssss-1502692855.jpg