Tuesday, 25th September, 2018
siddhi-binayak-madhyastha-1502267497.gif

मध्यवार्ता

‘मिस टिन हेटौँडा’ आफुलाई चिनाउने राम्रो माध्यम हो : आश्मा थापा 

aasma-thapa-1502275700.jpg


मकवानपुर / मिस टिन हेटौँडा २०१४ की विजेता हुन् आश्मा थापा क्षेत्री । २ वर्ष अगाडी मिस टिन हेटौँडाको प्रतिष्पर्धी हुँदै विजेता बनेकी थापा अहिले मिस टिन हेटौँडा २०१७ की व्यवस्थापक एवम् कोरियोग्राफर भएकी छिन् । मिस टिन हेटौँडा २०१७ को तयारीको बारेमा हामीले उनीसँग कुराकानी गरेका छौँ । 
१) स्वागत छ यहाँलाई मध्यस्थतामा , हाल के मा व्यस्त हुनुहुन्छ ?
– धन्यवाद ! हाल म आफ्नो पढाई र चाडै हेटौंडामा संचालन हुन गईरहेको मिस टिन हेटौंडा २०१७ को तयारीमा जुटिरहेको छु । 

२) तपाईँ आफै मिस टिन भैसक्नुभएको प्रतिष्पर्धी, अहिले आफै सोही टाइटलको आयोजक भैरहँदा कस्तो महशुस गरीरहनुभएको छ ?
– आफै प्रतिस्पर्धी भएर सो टाईटल जितेर आएँ र मैले त्याहा“ प्रतिस्पर्धी भएर जतिपनि कुराहरु सिक्नपाएँ र त्यही सिकाईको आधारमा आज म यस प्रतियोगिताको व्यवस्थापकको रुपमा कार्यरत भईरहदा आफुलाई साह्रै भाग्यमानी महशुस गर्दैछु ।

३) तपाईँको बुझाईमा ‘मिस टिन हेटौँडा’ र यस्तै खालका कार्यक्रमहरु के हुन् ?तपाईले के पाउनु भयो ?
– मेरो बुझाईमा मिस टिन हेटौंडा र यस्तै खालका कार्यक्रमहरु हामी जस्ता किशोरीहरुका लागि एउटा यस्तो प्लयाटफर्म हो, जुन ठाउँमा हिडाई, बोलाई, व्यवहार र निडर हुनका लागि र अरु सामु आफुलाई प्रस्तुत गराई आफ्नो छुट्टै पहिचान बनाउने एउटा माध्यम हो। म आफुले प्रतिस्पर्धी भएर मिस टिन हेटौंडा २०१४ मा सहभागी हुदाँ मैले त्यस ठाउँबाट सिकेको कुरा, म आफु सुरुमा सहभागीको रुपमा जादाँ र प्रतियोगिताको विजेता भएर निस्कीएको दिन सम्म समाजमा प्रस्तुत हुने व्यवहार, सिकाई, आत्मविश्वास, व्यक्तित्व विकास, प्रस्तुतीकरणहरु जस्ता सिकाईहरुले म आफुलाई भविष्यमा एउटा सफलनारीको रुपमा चिनाउन सफल हुनेछु भन्ने त्यस कार्यक्रमको सिकाई बाट म पुर्णविश्वस्त छु । 


४) हेटौंडा जस्तो ठाउँमा यस्तो कार्यक्रमको आवश्यकता कत्तिको छ ?
– हेटौंडा आफैमा एउटा सुन्दर र सानो समृद्ध सहर हो । यस ठाउँबाट अनेकौ प्रतिभाहरु निस्कीएर राष्ट्रिय स्तरमा ख्याती कमाईसकेका छन्, जसले गर्दा पनि यहा युवायुवतीहरुमा लुकेको प्रतिभालाई प्रस्फुटन गर्नका लागि र आफ्नो छुट्टै पहिचान बनाउनका लागि अझ हामी जस्ता किशोरीहरुकालागि यस्तो खालको कार्यक्रम हुनु अत्यन्तै आवश्यक छ । 
 

५) हाल हेटौंडामा उही नाम गरेको कार्यक्रम संचालनमा आउदै छ भन्ने चर्चा छ, त्यस विषयमा तपाई के भन्न चाहनुहुन्छ ?
– हेटौंडामा विगत ७ वर्ष देखि बाल छहारी नेपाल र एवन क्रियशनले विभिन्न उमेर समुहका लागि कार्यक्रम संचालन गर्दै आईरहेको र म स्वयं मिस टिन हेटौंडा २०१४ को विजेताको हैसियतले यस संस्थाबाट निरन्तर संचालन भईरहेको एउटै नामजुध्ने गरि संचालनगर्न लागिएको सो कार्यक्रमप्रति मेरो आपत्ति छ । एउटा स्थानीय संस्थाले वर्षौदेखि गरि आएको कार्यक्रमको ख्यातीलाई प्रयोग गरि यस संस्थालाई असर पर्ने गरि कार्यक्रम गरिदाँ विगतमा बाहिर जिल्लाबाट आई कार्यक्रम संचालन गरेर प्रतियोगीलाई पुरस्कार नै नदिईकन एक संस्था फरार हुदाँ संयोगवश त्यसै वर्ष म आफै सहभागी भएको मिस टिन हेटौंडा २०१४ पनि संचालन माथि सो संस्थाको बदमासीले गर्दा हाम्रो प्रतियोगितालाई पनि यहाँका स्थानीयहरुले शंकाको रुपले लिएका थिए । तर सो प्रतियोगितालाई सभ्य र भव्य तरिकाले सम्पन्न गराई बाल छहारी नेपालले सबैको मन जित्ने काम गर्यौ त्यसैले म सहभागी हुन चाहने किशोरीहरुलाई वर्षौदेखि आयोजना भैरहेको यस संस्थाको कार्यक्रममा सहभागी हुनका लागि आग्रह गर्दछु । 

६) तपाईहरुले हाल संचालन गर्न लागिरहेको प्रतियोगिता र अन्यप्रतियोगितामा के भिन्नता रहेको छ ?
– हामीले संचालन गर्न लागि रहेको प्रतियोगीता मिस टिन हेटौंडा २०१७ अन्य प्रतियोगीताको तुलनामा भिन्न रहेको छ, किनकी नेपालभरी जुनसुकै शहरहरुमा संचालन हुने प्रतियोगीता २० देखी ३० दिनको अन्तरालमा सरु भएर सकीसकेको पनि हुन्छ, अब तपाई आफै भन्नुस त्यत्ती थोरै दिनमा आयोजकले विभिन्न थरिका विषयमा तालिम गराएर अन्तिम चरणमा लाने भनिएको हु्रन्छ के त्यो सम्पुर्ण विषयहरुमा तालिम गराउन र प्रतियोगीलाई तयार गर्नका लागि पर्याप्त समय हो ? अवश्य होईन, म आफै सहभागी भएर विजेता हुदाँसम्म मिस टिन हेटौंडा २०१४ मा लगभग तीन महिना भन्दा पनि बढिको समय सम्म तालिम गराएर हामीलाई सम्पुर्ण रुपले तयार गरिएको थियो त्यसैले गर्दा पनि अरु यस्तै खालका प्रतियोगीता भन्दा हामीले हाल संचालन गर्न लागिएको प्रतियोगिता अझै स्तरीय हुने मैले पाएको छु । 
 

७) यस प्रतियोगितामा सहभागी हुन चाहने नयाँ सहभागिहरुलाई तपाई कस्तो सुझाव दिन चाहनुहुन्छ ?
– म सम्पुर्ण सहभागी हुन ईच्छुक किशोरीहरुलाई भन्न चाहन्छु की प्रलोभन र क्षणीक आशको भरमा कुनै पनि आयोजकले आयोजना गरेको प्रतियोगितामा सहभागि हुनु भन्दा अगाडी उक्त्त आयोजकको पुर्ण जानकारी लिएर मात्र सहभागी भई आफ्नो प्रतिभालाई सहि र सार्थक तवरले सबै सामु ल्याउन आग्रह गर्दछु र यस्तो प्रतियोगिताले हामी भित्र लुकेर रहेको प्रतिभालाई अगाडी ल्याउन मद्धत पुर्याउने भएकोले ईच्छुक सबैले सहभागीतिा जनाउन आग्रह गर्दछु । 
 प्रस्तुती : आर.एच गौतम

final-boys-and-girls-host-1499435564.gif
missssssssssssssss-1502692855.jpg
ncell1140-1502212343.gif
himalayanbank-august1-1502361136.gif


himal-dental-clinic-1500888499.gif
churiyamai-fashion-link-1502512433.gif
ClubWSP-1499412212.gif
गाउँपालिकाबाट सुत्केरी भत्ता पाउँँदाको खुशी 
baner-1-1531283728.jpg

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिकाको सहयोगमा मातृ शिशु सुरक्षा कार्यक्रम अन्तरगत आमा र बच्चाको सुरक्षा...

वडा वडामा बालसंरक्षण समिति
20180525_141408-1529595268.jpg

मकवानपुर । मकवानपुरको विभिन्न गाउँपालिकाका वडामा बाल संरक्षण समिति गठन भएका छन् । मकवानपुरको मकवानपुरगढी...

युवा महिला अभियन्ताको यस्तो प्रतिबद्दता 
talim-ma-sahavagi-1529511990.jpg

मकवानपुर । बालबालिका तथा युवा सरोकारको अभियानमा सक्रियताका लागि मकवानपुरको हेटौंडा उपमहानगर तथा मकवानपुरगढी...

डाँडाखर्क-गोगनेका जनप्रतिनिधी बाल विवाहमुक्त गाउँ बनाउने योजनामा 
balbiwaha-talim-pic-1529256555.jpg

मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिका डाडाँखर्कका जन प्रतिनिधीे आफ्नो वडालाई बाल विवाहमुक्त वडा बनाउँन...

बाल विवाह अन्त्यका लागि बहस 
hetauda123-de-1529994850.jpg

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा बाल विवाह अन्त्यका लागि सरोकारवाला छलफलमा जुटेका छन् । विहीबार...

लागुऔषध सहित तीन जना प्रहरीको नियन्त्रणमा 
pakrau-news-1528633074.jpg

मकवानपुर । लागुऔषध र भरुवा बन्दुक सहित तीन जनालाई मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको  छ । प्रहरीले पूर्वि...

प्रतिनिधीसभामा आजबाट मन्त्रालयगत छलफल, यस्तो छ कार्यसूची 
parliyament_CA-madhyastha-1528599392.jpg

काठमाडौँ ।  सरकारले आर्थिक वर्ष २०७५/७६ का लागि प्रस्तुत गरेको बजेटका विषयमा आज आइतबारदेखि प्रतिनिधिसभाको...

बाल विवाहमुक्त प्रदेश बनाउँन सरोकारवालाको प्रतिबद्दता
bal-biwaha-pic-1528521341.jpg

मकवानपुर । प्रदेश ३ सरकारले आगामी २०७८ सालभित्र बाल विवाहमुक्त प्रदेश बनाउन लिएका लक्ष्यलाई सफल बनाउन आवश्यक...

आजका राष्ट्रिय अखबारले जे लेखे !  

मकवानपुर । आज मिति २०७५ जेष्ठ २५ गते शुक्रबारका दिन काठमाडौंबाट प्रकाशित राष्ट्रिय अखबारले विभिन्न विषयका...

प्रदेश ३ को नीति तथा कार्यक्रम पारित 
prades-3-1528389275.jpg

मकवानपुर । प्रदेश ३ को प्रदेशसभाले प्रदेश नम्बर ३ को आर्थिक बर्ष २०७५ ÷७६ को निती तथा कार्यक्रम बहुमतले पारित...