काठमाडौँ । श्रीय गणेश प्लाइवुड इन्डस्ट्रिज प्रालि अन्तर्गत सञ्चालित जागुअर प्लाइले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सोमपाल कामीलाई आफ्नो आधिकारिक ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ।
कम्पनीले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै उच्च गुणस्तरीय प्लाइवुड, प्यानल तथा ल्यामिनेट उत्पादन गर्ने आफ्नो ब्रान्डको पहिचानलाई अझ सुदृढ बनाउन यो सहकार्य गरिएको जनाएको हो।
खेलकुद क्षेत्रमा समर्पण, मेहनत र निरन्तर प्रदर्शनका लागि परिचित सोमपाल कामीका गुणहरू जागुअर प्लाइको ‘मजबुती, टिकाउपन र विश्वास भन्ने ब्रान्ड मूल्यसँग मेल खाने भएकाले उनलाई एम्बेसडरको रूपमा चयन गरिएको विज्ञप्तिमा उल्लेख छ । कम्पनीले यस सहकार्यमार्फत देशभर आफ्नो उपस्थिति विस्तार गर्नुका साथै ग्राहकसँगको सम्बन्ध अझ प्रगाढ बनाउने विश्वास व्यक्त गरेको छ।
अब सोमपालले डिजिटल अभियान, ब्रान्ड प्रवर्द्धन, डिलर इन्गेजमेन्ट लगायत विभिन्न कार्यक्रममार्फत जागुअर प्लाइको प्रतिनिधित्व गर्नेछन्। साथै, देशका प्रमुख सहरहरूमा हुने विज्ञापन तथा प्रचार–प्रसारमा समेत उनको सक्रिय सहभागिता रहने बताइएको छ। यसले निर्माण व्यवसायी, आर्किटेक्ट, डिलर तथा आम उपभोक्तामाझ ब्रान्डप्रति आकर्षण बढ्ने अपेक्षा गरिएको छ।
कम्पनीका निर्देशक रोहित नेमानीले सोमपाल कामीलाई टोलीमा स्वागत गर्दै उनको अनुभव र लोकप्रियताले ब्रान्डको विश्वसनीयता अझ मजबुत हुने विश्वास व्यक्त गरे। उता, सोमपाल कामीले पनि जागुअर प्लाइसँग आबद्ध हुन पाउँदा गर्व महसुस भएको बताउँदै ब्रान्डको विकासमा आफ्नो तर्फबाट सक्दो योगदान गर्ने प्रतिबद्धता जनाए।
जागुअर प्लाइले हाल शटरिङ प्लाइवुड, कमर्शियल प्लाइवुड, फ्लस डोर तथा अन्य काठजन्य उत्पादनमार्फत बजारमा बलियो पहिचान बनाउँदै आएको छ। कम्पनीले आगामी दिनमा व्यापक मार्केटिङ अभियान सञ्चालन गर्दै आफ्नो सेवा र उत्पादनलाई अझ विस्तार गर्ने लक्ष्य राखेको जनाएको छ।







