विश्लेषणः दीपक सिंहको सक्रियता र उपलब्धिका दुई वर्ष !

सन्दीप कुमार सापकोटा

‘संस्कृतिसँगै समृद्धि’ भन्ने मूल संकल्पका साथ चुनावी मैदानमा होमिएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता दीपक बहादुर सिंहले प्रतिनिधि सभा सदस्यका रूपमा आफ्नो कार्यकाल विसं (२०७९-२०८२) लाई जिल्लाको विकास र राष्ट्रिय मुद्दाहरूमा मुखरित गर्न सफल देखिएका छन् । मकवानपुर क्षेत्र नं १ बाट निर्वाचित सिंहले सदनमा विकास निर्माणदेखि सुशासन सम्मका विषयमा राखेका प्रष्ट अडान र जिल्लामा भित्र्याएका करोडौंका योजनाहरूले यतिबेला चर्चा र जस दुबै पाएको छ । मकवानपुरको क्षेत्र नं. १ मा २०५१ सालको निर्वाचनमा तत्कालीन राप्रपाबाट कमल थापा निर्वाचन भएका थिए भने २०७९ को निर्वाचनमा राप्रपाबाट दिपक बहादुर सिंह निर्वाचित भएका हुन्। २०४८, २०५६ र २०७४ मा एमालेबाट कृष्णप्रसाद दाहाल ३ पटक निर्वाचित भएका थिए , २०६४ माओवादीबाट फुर्वा लामा निर्वाचित भएको ईतिहाँस छ । २०७० मा नेपाली काङ्ग्रेसबाट ईन्द्र बहादुर बाँनिया निर्वाचित भएका थिए ।

कुनै बेला राप्रपाको जगजगि रहेको यस क्षेत्रमा माओवादी शसस्त्र द्वन्द पश्चात र २०६२/६३ को परिवर्तनपछि भने लामो समय राप्रपाले स्थानीय तहहरुमा आफ्नो पृथक राजनीतिक र बैचारीक धारणा एवम् ऐजेण्डाहरुका कारण निर्वाचन परिणामहरु आफ्नो पक्षमा पार्न सकेन । राप्रपाका पुराना प्रधानपञ्चहरु जो राप्रपाका खम्बा थिए उनिहरुले पार्टी परिवर्तन गरिदिदा एमाले , राप्रपाको बर्चश्व रहेको यस क्षेत्रमा नेपालि काङ्ग्रेस बलियो शक्ति बनेर उदायो भने शसस्त्र द्वन्दको जगबाट उठेर माओवादि समेत नयाँ वामपन्थी बनेर उदायो ।

समयक्रमको लामो रस्साकस्सी पनि यस क्षेत्रमा ७ निर्वाचनमा १ निर्वाचनमा २०५१ सालमा निर्वाचित कमल थापा , ६ निर्वाचनमा १ पटक निर्वाचन २०७९ मा निर्वाचित दिपक बहादुर सिंह सधै राष्ट्रिय स्तरमै चर्चाका बिषय रहे । हेटौँडाका हस्तिका रुपमा कमल थापा र दिपक बहादुर सिंह सधै रहे । हेटौँडा अस्पतालको स्थापना र बिकासमा योगदान , हेटौंडा नगर पञ्चायत बिकास र शहरीकरणमा योगदान , मनकामना मन्दिर स्थापना होस या हेटौंडा राईगाँउ सम्मको सडक निर्माण र विद्युुतीकरण, मकवानपुरमा क्षेत्रिय कार्यालयहरुको स्थापनामा पहल होस या प्रदेश राजधानी हेटौंडा कायम होस् यिनै मकवानपुरको शैक्षिक बिकास राप्रपा , कमल थापा र दिपक सिंह यस कार्य लगायत धेरै सामाजिक , धार्मिक, शैक्षिक क्षेत्रमा जस दिन योग्य दल र पात्र हुन । भलै,निर्वाचनमा पराजय भोगे पनि कमल थापा र दिपक सिंह जनता संग नभाग्ने र गुम्नाम नहुने प्रवृत्तिका पात्र हुन् । व्यक्तिगत प्रचार र प्रसस्तिमा आफ्नो नाम नजोड्ने र आफ्नो चर्चामा दाम नखर्चिने दुबै नेता यस पटक भने फरक क्षेत्रमा निर्वाचनमा होमिएका छन । काठमाडौ क्षेत्र नं ५ बाट कमल थापा निर्वाचन लडिरहदा भिडियो सन्देश मार्फत मकवानपुर क्षेत्र नं १ का मतदातालाई स्मरण गर्दै दिपक बहादुर सिंहलाई निर्वाचित गराउन आग्रह समेत कमल थापाले गर्न भ्याए । यता गत निर्वाचनमा झै दिपक बहादुर सिंह मकवानपुर क्षेत्र नं १ मा उम्मेदवार बनेका छन । अपुरो कार्यकालमा भएका आफ्नो पहल र विकास योजना सार्वजनिक गर्दै चुनावी मैदानमा होमिएका सिंह निर्वाचनमा सानदार मतले पुनर्निर्वाचित हुनेमा ढुक्क देखिन्छन् ।

संक्षिप्त रुपमा के-के भए त दिपक सिंहका कार्यकालका पहलकदमी
१.पूर्वाधार र सडक सञ्जालमा क्रान्ति
सांसद सिंहको नेतृत्वमा मकवानपुरमा भौतिक पूर्वाधारको क्षेत्रमा उल्लेख्य सुधार देखिएको छ। उनले ठूला बजेटका योजनाहरूलाई प्राथमिकताका साथ अघि बढाएका छन् ।
हेटौंडा उपमहानगरपालिकाका वडा नं. ५, ६, ७ र १७ मा कान्तिलोकपथ खण्डको दुवैतर्फ नाला तथा फुटपाथ निर्माणका लागि २४ करोडको योजना सञ्चालनमा छ ।
हात्तीसुँढे-अम्बास -मनथलि सडक निर्माणका लागि १४ करोड विनियोजन गरी काम अघि बढाइएको छ ।
हेटौंडा–६ मा कर्राखोला करिडोर निर्माण र वडा नं १७ ओदालघारी सडक स्तरोन्नति सम्पन्न भइसकेको छ ।
बागमती गाउँपालिकाका विभिन्न सडक खण्डहरू र बकैयाका ग्रामीण सडकहरूमा करोडौंका योजनाहरू कार्यान्वयनको चरणमा रहेका छन्।
२. शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारका प्रयास
जिल्लाको शैक्षिक र स्वास्थ्य अवस्था सुधार्न उनले भौतिक पूर्वाधार विकासमा जोड दिएका छन् ।

शिक्षाः हेटौंडा-४ स्थित आधुनिक राष्ट्रिय उच्च माविमा एक करोडको लागतमा सुविधा सम्पन्न (इसीडी) भवन निर्माण सम्पन्न भएको छ । हेटौंडा-१६ को जनप्रिय माविमा तीन करोडको प्राविधिक ल्याब र भुटनदेवी माविमा छात्रावास निर्माणको प्रक्रिया अघि बढेको छ ।
स्वास्थ्यः उनले गरिब र असहायको उपचारका लागि आफ्नो तलब तिलगंगा आँखा अस्पताललाई १० लाख सहयोग उपलब्ध गराएका छन जुन उनको घोषणा पत्रमा उल्लेख गरी राज्यकोषबाट प्राप्त रकम जनतामा खर्चिने प्रतिबद्धता अनुरुप हो । हेटौंडा अस्पतालको सेवामा सुधार ल्याउन उनले निरन्तर अनुगमन र निर्देशन दिँदै आएका छन ।

३. संसदमा सुशासन र भ्रष्टाचार विरुद्धको आवाज
सदनभित्र सांसद सिंहले भ्रष्टाचार र अनियमितता विरुद्ध बुलन्द आवाज उठाउँदै आएका थिए । जेन्जी आन्दोलनको भोलि पल्ट पुर्वाधार बिकास समिति सभापति पदबाट राजिनामा दिई सबै सेवा सुविधा फिर्ता गरेका थिए ।
हेटौंडा-भिमफेदी सुरुङ मार्ग निर्माणको नाममा नागरिकको करिब ४० करोड रुपैयाँ हिनामिना भएको आशंकामा उनले सदनमा छानबिनको माग गरेका थिए ।

पोखरा विमानस्थल भ्रष्टाचार , भिजिट भिसा प्रकरणको निष्पक्ष छानबिनका लागि संसदीय न्यायिक समिति गठन गर्नुपर्ने प्रस्ताव उनले राखेका थिए ।

भ्रष्टाचार मुद्दामा हदम्याद राख्ने व्यवस्थाप्रति उनले कडा असहमति जनाएका थिए ।
हेटौंडाका विभिन्न वडामा दशकौंदेखि बसोबास गरिरहेका नागरिकलाई लालपूर्जा उपलब्ध गराउने विषयलाई उनले सदनको प्राथमिकतामा राखि आवाज उठाएका थिए ।

४.ऊर्जा र जलस्रोतमा नीतिगत हस्तक्षेप
पूर्वाधार विकास समितिको सभापतिका रूपमा उनले नेपालको ऊर्जा क्षेत्रलाई व्यवस्थित गर्न महत्वपूर्ण भूमिका खेलेका थिए ।
दुई दशकदेखि अल्झिएको विद्युत विधेयक र एक दशकदेखि थाती रहेको जलस्रोत विधेयक, २०८१ लाई विज्ञहरूको रायका आधारमा समितिबाट अनुमोदन गराए ।
उनले विद्युत उत्पादन आन्तरिक खपतका लागि सस्तो र अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी हुनुपर्ने अडान राखेका थिए ।
ऊर्जा राज्यमन्त्री हुँदा उनले वर्षौंदेखि रोकिएको १५०० मेगावाटको विद्युत खरिद सम्झौता (पीपीए) खुल्ला गर्ने निर्णय गरेका थिए । जसबाट नेपालका उर्जा क्षेत्रका लगानीकर्ताहरुलाई राहत भएको र लोडसेडिङ न्युनिकरणमा सघाउ भएको भनि चर्चा बटुलेको थियो ।

५. राष्ट्रिय महत्व र जनसरोकारका मुद्दा
सांसद सिंहले स्थानीय आवश्यकताका साथै राष्ट्रिय महत्वका विषयमा पनि स्पष्ट धारणा राख्दै आएका छन् ।
बौद्धिक पलायन रोक्ने:  नेपालबाट हुने ब्रेन ड्रेन रोक्न ५० वर्षमुनिका पीएचडी धारकलाई मासिक ३० हजार भत्ता दिएर देशमै उपयोग गर्नुपर्ने उनको मौलिक प्रस्ताव छ ।

कृषि र उद्योग:  दुग्ध किसानको बक्यौता भुक्तानी र स्वदेशी उद्योगको संरक्षणका लागि बैंक ब्याजदर एकल अंकमा झार्नुपर्ने माग उनले राखेका थिए ।
धर्म र संस्कृति: संवैधानिक राजसंस्था र हिन्दू राष्ट्रको विषयमा जनमत संग्रह हुनुपर्ने माग उनले संसदमा प्रस्तुत गरेका छन् ।
दीपक सिंहको यो कार्यकाल केवल भाषणमा मात्र सीमित नभई ठोस योजना र नीतिगत सुधारमा केन्द्रित देखिएको छ। मकवानपुरको विकास, सुशासनको स्थापना र नागरिकको हकअधिकार सुनिश्चित गर्न उनले खेलेको भूमिकाले जिल्लाबासीको लागी घत लाग्दो बिषय हो । ईतिहाँसमा यस क्षेत्रका कुनै पनि जनप्रतिनिधिले यसरी आफ्ना काम कार्बाहि जनता सामु सार्बजनिक गरेको पाईदैन । फेरि जनताले रुचाउने स्वभावका सिंहले गत निर्वाचनमा काङ्ग्रेस , माओवादी , समाजवादी गठबन्धन , एमाले गठबन्धन र रास्वपा समेतका दललाई एक्लै जनतासँगको गठबन्धनको नाम दिएर पराजित ईतिहास वास्तवमैअभुतपूर्व र रोचक बनेको थियो ।

हाल चुनावी मैदानमा सबै दल एक्लाएक्लै भिडेको परिपेक्षमा दिपक सिंहलाई निर्वाचित हुन झनै सहज हुने विश्लेषण गरिदै आएको पाईन्छ । दीपक सिंहको निस्कलङ्कित कार्यकाल र भ्रष्टाचार विरोधी आचरण सिंहका मतदातनको रुझानका पक्ष हुन भने समानुपातिक मत र संगठन बलियो भएको ऐमाले , काङ्ग्रेस , नेकपाको जेनजी आन्दोलनपछि भएको आलोचनात्मक परिवेश र चुनाव चिन्ह घन्टीकी पूर्व सांसद विन्दवासिनी कंशाकारद्वारा मकवानपुरमा खेल्न नसकिएको भूमिकाबाट रास्वपामा मकवानपुरको रुझान अरु जिल्लामा झै नहुनु पनि सिंहलाई निर्वाचन जिताउन सघाउ हुने पक्षहरु रहेको विश्श्लेषण भइरहेका छन् भने सबै उम्मेदवारहरु आआफ्नो चुनावी एजेण्डा सहित जनसम्पर्कमा लागि परिरहेको स्थिति छ ।

(लेखक सापकोटा राप्रपा मकवानपुरका कोषाध्यक्ष हुन् ।) 

 

 

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.