मकवानपुर । बागमती प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फका उम्मेदवारले पाएको भन्दा समानुपातिक तर्फ धेरै मत पाएको छ ।
रास्वपाले बागमती प्रदेशबाट समानुपातिकतर्फ ११ लाख १९ हजार २७० मत पाएको निर्वाचन आयोगको तथ्यांकमा उल्लेख छ । यो प्रदेशमा ३३ वटा निर्वाचन क्षेत्र रहेका छन् । ३३ वटै क्षेत्रमा रास्वपाले उम्मेदवार उठाएको थियो । त्यसमध्ये ३१ क्षेत्रमा रास्वपाका उम्मेदवारले चुनाव जिते । दुई क्षेत्रमा पराजित हुन पुगे । रास्वपाबाट उम्मेदवार रहेका सबैले पाएको मत जोड्दा ९ लाख ६० हजार ३११ हुन्छ । यो समानुपातिक तर्फको मत भन्दा कम हो ।








