गण्डकी समाज मकवानपुरको प्रवक्तामा सन्तोष

मकवानपुर । गण्डकी समाज मकवानपुरको पहिलो बैठक भएको छ । समाजका अध्यक्ष महेन्द्र राउतको अध्यक्षतामा बसेको बैठकले प्रवक्ता, सञ्चार संयोजक तथा सल्लाहकार चयन गरेको छ ।

प्रवक्ता समाजका कार्यसमिति सदस्य सन्तोष पौडेल, सञ्चार संयोजकमा कृष्ण उदास खनाल, सल्लाहकारहरुमा पूर्व अध्यक्ष बुद्धि ढकाल, सुर्यचन्द्र न्यौपाने, रघुरमण न्यौपाने, विष्णु श्रेष्ठ, पदमराज आचार्य, उदय पण्डित, भक्तबहादुर खत्री, पुरण बहादुर जोशि र प्रमोदसिं रानाभाट, चयन गरिएको हो । बैठकमा सपथ ग्रहण र नवनिर्वाचित कार्यसमितिका पदाधिकारी र सदस्यहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो । निर्वाचन समितिका संयोजक अधिवक्ता केशव प्रसाद गौतमले प्रमाणपत्र प्रदान गरे ।

बैठकले आगामी कार्ययोजना समेत तय गरेको समाजले जनाएको छ । गण्डकी प्रदेशका ११ वटा जिल्लाबाट मकवानपुर जिल्लामा बसोबास गर्दै आएका ब्यक्तिहरु साझा संस्थाकोरुपमा गण्डकी समाज रहेको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.