बकैयाका युवा विभिन्न पार्टी परित्याग गरी एमालेमा

मकवानपुर । आगामी २१ फागुनमा हुन लागिरहेको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै अभियानमा होमिएको नेकपा एमालेले मकवानपुरको बकैया गाउँपालिकाको वडा नम्बर ८ र ९ मा निर्वाचन परिचालन कमिटीको घोषणा गरेको छ ।

पार्टीले बकैयामा आयोजना गरेको अगुवा कार्यकर्ता भेलाबाट निर्वाचन परिचालन कमिटी गठन गरेको बताइएको छ ।
मकवानपुर क्षेत्र नम्बर १ का लागि पार्टीका उम्मेदवार रामेश्वर रानाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अग्रज नेताहरू, संगठनकर्ता, क्रियाशील युवालगायतको उपस्थिती थियो ।

कार्यक्रममा अन्य विभिन्न राजनीतिक दल परित्याग गरी युवाहरू एमालेमा प्रवेश गरेको जनाइएको छ । नवप्रवेशी युवाहरूलाई औपचारिक रूपमा उमेदवार रानाले स्वागत गर्दै उनीहरूको प्रवेशले पार्टीलाई थप मजबुत बनाउन सघाउ पुर्‍याउने बताए ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.